१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन् ।

आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले केही दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीमा बाढीपहिरोले धेरै क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण गराइएको छ । उनले बाढीपहिरो पीडितका लागि तत्काल राहत, उद्धार, क्षतिपूर्ति, र पुनःस्थापनाका लागि सरकारसमक्ष आग्रह आग्रह गरेको हो ।

शिक्षा क्षेत्रमा सुधार गर्न गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक राम्रो व्यवस्था गर्नुपर्नेमा सांसद चौधरीले जोड दिए । उनले एसइईको नतिजामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु भनेको शिक्षामा सन्तोजनक अवस्था नभएको जनाउँदै परीक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाहीले केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग आठ स्थानमा क्षतिग्रस्त भई सडक अवरुद्ध भएकोप्रति सरकारको ध्यानकर्षण गराएको हो। उनले तत्काल सरकारले राजमार्गको पुनःनिर्माण गरी नागरिकलाई सहजरुपमा आवतजावत गर्ने वातावरण मिलाउन आग्रह गरे ।

सांसद शाहीले नेपालको अर्थव्यवस्था निकै सङ्कटको अवस्थामा पुगेको स्मरण गराउँदै अर्थतन्त्र सुधार गर्न स्वदेशा नै रोगगारीका अवसर सिर्जना गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । उनले २०३९/४० सालमा विकास खर्च ७१ प्रतिशत थियो तर अहिले घट्दै घट्दै मुुलुको अर्थव्यवस्था नै धरासयी बन्दै गएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]