१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

मधेशका ८ वटै जिल्लामा वृक्षरोपण अभियान शुरु

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

जनकपुरधाम । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर मधेशका आठ वटै जिल्लामा वृक्षरोपण अभियान शुरु भएको छ ।

डिभिजन वन कार्यालय धनुषाले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मधेशको वन तथा वातावरण मन्त्री त्रिभुवन साहले अभियानकाे शुभारम्भ गर्नुभएको हो । मन्त्री साहले राष्ट्रिय वृक्षरोपण दिवस २०८१ अवसर पारेर जनकपुर–जटही ६ लेन सडक खण्डमा वृक्षरोपण गर्नुभएको हो ।

मधेश सरकारले राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘एक व्यक्ति एक बिरुवा’ अभियान सञ्चालनमा ल्याएको हो ।

यो अभियानअन्तर्गत मधेशको वन तथा वातावरण मन्त्रालयले ६५ लाख बिरुवा रोप्ने लक्ष्य लिएको मन्त्री साहले जानकारी दिनुभयो । रोपिएका बिरुवाहरूको संरक्षणका लागि समेत मन्त्रालयले उचित कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव उद्धव घिमिरेले संरक्षणसहितको वृक्षरोपण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

मधेशमा दिनदिनै वन विनाश भइरहेकाले बाढी पहिरोको समस्या बढ्दै गइरहेको र यसलाई नियन्त्रण गर्न वृक्षरोपण मात्र नभई रोपिएका बिरुवाहरूको संरक्षण गर्ने गरी अभियान आठ वटै जिल्लामा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]