१४ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
×

आँप महोत्सवमा बजार नपाएको किसानको गुनासो

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

महोत्तरी । पानीबेगरको बडहरी खोला वारि महोत्तरीका बर्दिबास–७ प्रेमनगर र भङ्गाहा–४ को रामनगर, पारिपट्टी धनुषाको वटेश्वर गाउँपालिकाका चित्रपुर, लवकुशचोक, कुसुमबिसौना र कात्तिककुमर छन् । खोलावारि र पारि आँपका बगान (बगैँचा) छन् । आँपको यही पकेट क्षेत्रमा आज आँप महोत्सव सम्पन्न भएको छ ।

महोत्सवमा जताततै ढकीढकीमा सजाएर राखिएका विभिन्न थरीका आँप छन् । मालदह, दशहरी, बमई, किसनभोग, आम्रपाली, मल्लिका, स्वर्णरेखा, गुलावखास, मिसरिया, डोल्मा, केरवा, लालमोहन, लरुवा र कलकतियालगायतका आँपले महोत्सव सुगन्धित छ । दर्शकहरु थरीथरीका आँपको स्वाद लिन व्यस्त छन् । आँप उत्पादक किसानले भने अवलोकनकर्तासँग आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेका छन् ।

आँप उत्पादनको पकेट क्षेत्र भए पनि यसबारे कतैबाट चासो वास्ता नपाएपछि वटेश्वर–१ का किसानले आज आँप मेला आयोजना गरेका हुन् । “हाम्रो मुख्य फसल यही (आँप) हो न बजार छ, न केही दिन सुरक्षित थन्क्याउने चिस्यानघर छ” महोत्सवको अवलोकन गरिरहनुभएका मधेस प्रदेशसभाका प्राकृतिक स्रोत साधन समितिका सभापति शारदा पहाडीसँग ७५ वर्षीय किसान रामविलास महतोले भन्नुभयो, “लौ न, हाम्रा कुरा पनि सुनिऊन् ।”

महोत्सव अवलोकन गर्न पुगेका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमसहितका पदाधिकारी, महोत्तरी÷धनुषाका सञ्चारकर्मीहरु, उद्योगी÷व्यवसायी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, व्यापारी र जनप्रतिनिधिबीच कुराकानी गर्ने सबै किसानले रामविलास महतोकै कुरा दोहो¥याएका छन् ।

“उत्पादनको पकेट क्षेत्रमै मेला महोत्सव गरेर तपाईंहरुलाई आफ्नो व्यथा सुनाउन चाहेका हौँ”, ६५ वर्षीय किसान रामगुलाम महतोले भन्नुभयो, “हाम्रो मर्का सबैले सुन्ने, बुझ्ने गरी खबर बनाई दिनुस् ।” आँप धमाधम पाक्न थालेपछि तत्काल बजार पु¥याउन नसके रूखबाट झरेर सड्छन् । त्यसैले केही दिन आँप थन्क्याएरपछि भाउ पाउने गरी बेच्न चिस्यानघरको जरुरी भएको रामगुलामको भनाइ छ । चिस्यानघरको प्रबन्ध भए मात्र पनि निकै राहत हुने महोत्सवमा आँप उत्पादक किसानले बताएका छन् ।

मेलाको आयोजना नै यहाँको आँप बगैँचा देखाउन, आँपको स्वाद चखाउन, होटल व्यवसायी र व्यापारीलाई यहाँको आँपबाट आकर्षित गराउन र आँप पकेट क्षेत्रको प्रचारप्रसार गराउनु रहेको आँप मेला आयोजक समितिका संयोजक फुलगेन मगहीले स्पष्ट पार्नुभयो ।

“आजको महोत्सव आँप बेच्ने उद्देश्यले आयोजना गरिएको होइन, पाहुनालाई यहाँका बगैँचा देखाउन र यहाँका थरीथरीका आँप चखाउन आयोजना गरिएको हो,” मगहीले महोत्सव आयोजनाबारे स्पष्ट पार्दै भन्नुभयो ।

महोत्सवमा महोत्तरी र धनुषाका विभिन्न भेगका विद्यालयका शिक्षक तथा विद्यार्थीहरु पनि सहभागी भए । एकदिने महोत्सवले आँपाका पारखीहरुको चासो बढाउने वटेश्वर–१ का वडाअध्यक्ष अशोककुमार महतो बताउनुहुन्छ ।

असारे १५ पर्वको एक दिनअघि आयोजित महोत्सवले यहाँ आँप खोज्न आउने बढ्छन् भन्ने किसानको अपेक्षा छ । यहाँ उत्पादित आँप नजिकको ढल्केबर, बर्दिबास, भङ्गाहा र महेन्द्रनगरका बजारसम्म पु¥याएर बेच्ने गरिएको स्थानीय किसान रामउद्गार महतोले बताउनुभयो ।

आँपको आवश्यक प्रचारप्रसार हुनसके यहाँको उत्पादनको बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरिएको मधेस प्रदेशसभा सदस्य शारदा पहाडीले बताउनुभयो । आपूmले यहाँका किसानका गुनासा प्रदेश सरकार मुख्यमन्त्री, कृषिमन्त्री र प्रदेशसभासम्म पु¥याउने पहाडीले प्रतिबद्धता जनाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]