१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

औरही गापा अध्यक्ष शिवजी यादवको धन्धा: किसानको खेत खनेर सडक , माटो खरिद गरेको बिल राखेर भुक्तानी

Logo
डिके प्रकाशित शनिबार, आषाढ १५, २०८१

जनकपुर : सिरहाको औरही गाउँपालिका व्यतिथी नै व्यतिथीले भरिएको छ। पहिलो कार्यकालमा भ्रष्टाचारको सवालमा निकै चर्चामा रहदै आएको औरही गाउँपालिका अझै अछुतो हुन सकेन । निर्वाचित भए पश्चात् सुशासनको रटान लगाउने अध्यक्ष शिवजी यादव स्वयम भ्रष्टाचार जन्य कार्यमा संलगन हुँदै आएको प्रमाण भेटिएको छ ।

आ.ब.२०७९/८० र ८०/ ७१ मा औरही गाउँपालिकाले सडक मर्मत तथा माटो पुर्ने जस्ता कच्ची प्रकृतिको काम गएको तथा उक्त कार्यको लागि माटो खरिद गरेको भनि लाखौंको भ्रष्टाचार गरेको प्रमाण फेला परेको छ। महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिबेदनमा विभिन्न सडकमा माटो पुरेको भनी देखाएर उन्नाइस लाख नौ हजार एक सय बैसठ्ठी रुपैया पचास पैसा आयुष डिपो एण्ड जनरल सप्लायर्स मिथिला बिहारी नगरपालिका धनुषालाई दिएको भनि उल्लेख छ।

जिल्लाका अन्य पालिकाहरुले माटो पुर्ने तथा मर्मत कार्यमा ढुवानी तथा सम्याउने कार्यको रकम मात्र भुक्तानी गरेको देखिए पनि औरही गाउँपालिकाले माटो नै खरिद गरेको भनि देखाएको छ। स्थानीय राम एकवाल यादवका अनुसार पालिकाले जति पनि कृषि सडकहरु निर्माण गरेका छन् , सबै हामी किसानको खेत काटेर नै बनाइएको हो। कहि कतै बाहिरबाट माटो नल्याएको उनको भनाइ छ। अर्का किसान राम किसुन यादव भन्छन् , हामी किसानको खेत खनेर खाल्डो बनाएकै कारण अघिल्लो बर्ष हामीहरुले ती खेतमा बाली लगाउन सकेनौं । पछि ट्रयाकटर प्रयोग गरी हजारौं खर्चेर खेत सम्याउनु पर्यो। अझै पनि जसले सम्याएन उसको खेत बाली लगाउने खालको छैन ।

यसरी हामी किसानको आखामा धुल झोकेर किसानको लागि काम गरेको देखाउने र अर्को तर्फ यसरी हुँदै नभएको कामको समेत भुक्तानी लिइ भ्रष्टाचार गरेको सुन्दा निकै दु:ख महसुस भएको यादवको भनाइ छ। एक स्थानीय महिला थप्दै मैथलिमा  भने ” बौवा भैर गाउँके पोखैर खैन क माइट ट्रक मे ल ल जाक सगरो रोड सब पर देल्कै आ माइट किनने छि कहिक जमा ढेउवा खागेलै ” ….

यस्तै औरही गाउँपालिकाले नियम बिपरित इन्धनमा मात्रै ५४ लाख , पानी र चियामा मात्रै ४९ लाख , सवारी मर्मतमा मात्रै ३५ लाख , मोबाइल बितरणमा मात्रै ५ लाख , डिपिआरको नाममा ५४ लाख , सफ्टबेर खरिदको नाममा १९ लाख , दोहरो भत्ता तथा बिल भरपाइ , प्राबिधिक मुल्यांकन ,नापी किताब एबम नर्मस भन्दा बढी करिब ७० लाख रकम भुक्तानी गरी भ्रष्टाचार तथा अनियमिता गरेको देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]