१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

औरही गापा अध्यक्ष शिवजी यादवको धन्धा: किसानको खेत खनेर सडक , माटो खरिद गरेको बिल राखेर भुक्तानी

Logo
डिके प्रकाशित शनिबार, आषाढ १५, २०८१

जनकपुर : सिरहाको औरही गाउँपालिका व्यतिथी नै व्यतिथीले भरिएको छ। पहिलो कार्यकालमा भ्रष्टाचारको सवालमा निकै चर्चामा रहदै आएको औरही गाउँपालिका अझै अछुतो हुन सकेन । निर्वाचित भए पश्चात् सुशासनको रटान लगाउने अध्यक्ष शिवजी यादव स्वयम भ्रष्टाचार जन्य कार्यमा संलगन हुँदै आएको प्रमाण भेटिएको छ ।

आ.ब.२०७९/८० र ८०/ ७१ मा औरही गाउँपालिकाले सडक मर्मत तथा माटो पुर्ने जस्ता कच्ची प्रकृतिको काम गएको तथा उक्त कार्यको लागि माटो खरिद गरेको भनि लाखौंको भ्रष्टाचार गरेको प्रमाण फेला परेको छ। महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिबेदनमा विभिन्न सडकमा माटो पुरेको भनी देखाएर उन्नाइस लाख नौ हजार एक सय बैसठ्ठी रुपैया पचास पैसा आयुष डिपो एण्ड जनरल सप्लायर्स मिथिला बिहारी नगरपालिका धनुषालाई दिएको भनि उल्लेख छ।

जिल्लाका अन्य पालिकाहरुले माटो पुर्ने तथा मर्मत कार्यमा ढुवानी तथा सम्याउने कार्यको रकम मात्र भुक्तानी गरेको देखिए पनि औरही गाउँपालिकाले माटो नै खरिद गरेको भनि देखाएको छ। स्थानीय राम एकवाल यादवका अनुसार पालिकाले जति पनि कृषि सडकहरु निर्माण गरेका छन् , सबै हामी किसानको खेत काटेर नै बनाइएको हो। कहि कतै बाहिरबाट माटो नल्याएको उनको भनाइ छ। अर्का किसान राम किसुन यादव भन्छन् , हामी किसानको खेत खनेर खाल्डो बनाएकै कारण अघिल्लो बर्ष हामीहरुले ती खेतमा बाली लगाउन सकेनौं । पछि ट्रयाकटर प्रयोग गरी हजारौं खर्चेर खेत सम्याउनु पर्यो। अझै पनि जसले सम्याएन उसको खेत बाली लगाउने खालको छैन ।

यसरी हामी किसानको आखामा धुल झोकेर किसानको लागि काम गरेको देखाउने र अर्को तर्फ यसरी हुँदै नभएको कामको समेत भुक्तानी लिइ भ्रष्टाचार गरेको सुन्दा निकै दु:ख महसुस भएको यादवको भनाइ छ। एक स्थानीय महिला थप्दै मैथलिमा  भने ” बौवा भैर गाउँके पोखैर खैन क माइट ट्रक मे ल ल जाक सगरो रोड सब पर देल्कै आ माइट किनने छि कहिक जमा ढेउवा खागेलै ” ….

यस्तै औरही गाउँपालिकाले नियम बिपरित इन्धनमा मात्रै ५४ लाख , पानी र चियामा मात्रै ४९ लाख , सवारी मर्मतमा मात्रै ३५ लाख , मोबाइल बितरणमा मात्रै ५ लाख , डिपिआरको नाममा ५४ लाख , सफ्टबेर खरिदको नाममा १९ लाख , दोहरो भत्ता तथा बिल भरपाइ , प्राबिधिक मुल्यांकन ,नापी किताब एबम नर्मस भन्दा बढी करिब ७० लाख रकम भुक्तानी गरी भ्रष्टाचार तथा अनियमिता गरेको देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]