३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

औरही गापा: जनता हिड्ने सडक बर्षौ देखि हिलाम्मे , ज्ञायत्री मन्दिरको तीन तल्ले भवनमा टायल्स

Logo
डीके यादव प्रकाशित शनिबार, आषाढ १५, २०८१

जनकपुर : सिरहाको औरही गाउँपालिकामा एउटा सडक बर्षौ देखि हिलाम्मे छ। तर त्यही पालिकाले ज्ञायत्री मन्दिरको भन्ने दुई बर्षमै निर्माण सम्मान गरि तेस्रो तल्ला सम्मको निर्माण काम सम्पन्न गरि टायल्स समेत लगाइसकेको छ।

जुन सडकको हामी कुरा गर्दैछौं , त्यो त्यही सडक हो जसको साइडमा लगाइएको पर्खाल पुर्ब मन्त्री सुरेश चन्द्र यादवको हो। उहाकै घर छेउ नजिक रहेको त्यो बाटो भएर हिड्ने जनताले बिगत ७ वर्ष देखि बाटो खाटेर अर्कै बाटो बाट हिड्न बाध्य छन् ।

आफुहरु संग पुर्वाग्रह राखेरै बाटो निर्माण नगरेको स्थानीयको भनाइ छ। वर्षा याममा आफू नगए पनि गोरु पसेपछि निकै कठिनाइ हुनुको साथै करिब ३/४ महिना पानी जम्नेहुदा महामारी फैलिने हो कि भन्ने त्रास समेत हुन्छ। स्थानीय जनप्रतिनिधि लाई जति हारगुहार गर्दा पनि सुन्नै नचाहेको उनीहरुको दुखेसो छ।

आ.व.२०७९/८० र ०८०/८१ मा मात्रै पालिकाको खर्चमा २ पटक ज्ञायत्री महायज्ञ गराइसकेको छन् भने यज्ञ गराउन पुष्पा देबी साहको नाममा लिएको दुई लाख पेसकी रकमको समेत बिलभरपाइ नदिई भ्रष्टाचार गरेको महालेखा परिक्षणको प्रतिबेदनमा बेरुजु देखाइएको छ।

पालिकाले यस बर्ष मात्रै सचिवालय वयवस्थापनको नाममा तीन लाख भुक्तानी लिएको छ भने गाउँ सभा पास गराउन नियम विपरीत गाउँ सभा सदस्यहरुलाई मोबाइल बितरण गरेको खुलेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]