२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

सहिदनगरमा जनमतको दोस्रो नगर अधिवेशन सम्पन्न,अध्यक्षमा यादव निर्वाचित

Logo
न्यूज मधेश प्रकाशित शनिबार, आषाढ १५, २०८१

जनकपुरधाम ।जनमत पार्टी सहिदनगर नगरपालिकाको दोस्रो नगर अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ।

जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहको प्रमुख आतिथ्यमा भएको दोस्रो नगर अधिवेशनबाट श्री प्रसाद यादवको अध्यक्षमा निर्वाचित भएका हुन। यसैगरी ,यादवको नेतृत्वमा २९ सदस्य नयाँ कार्यसमिती गठन गरिएको छ।

उक्त नगर कार्यसमितिको उपाध्यक्षमा अनिता देवि यादव, सचिवमा बिष्णुदेब ठाकुर,सहसचीव देव सरण यादवलाई चयन गरिएको छ।

त्यसैगरी , कोषाध्यक्षमा सुजिता मुखिया निर्वाचित भएकी छिन् ।

सो कार्यक्रममा केन्द्रिय कार्यकारणी सदस्य रेखा मण्डल, जिल्ला इन्चार्ज सुरेन्द्र मण्डल,विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव पर्यवेक्षक तथा प्रदेश सदस्य राम पुकार यादव सह-पर्यवेक्षक बिजय यादवलगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]