१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

साउदीमा रहेका दर्जनौं नेपाली युवाहरु जनमत प्रवेश

Logo
न्यूज मधेश प्रकाशित शनिबार, आषाढ १५, २०८१

साउदी (रियाद) । वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपाली युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

शुक्रबार गैर आवासीय मधेशी संघ साउदी शाखाले रियादमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा करिब तिन दर्जनभन्दा बढी नेपाली युवाहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितीका सल्लाहकार दिनेश साहुको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा साउदीको रियादस्थित विभिन्न कम्पनीमा कार्यरत नेपाली युवाहरुले जनमत पार्टीमा प्रवेश गरिएको छ। उनिहरु जनमत पार्टी प्रवेश गरेसगै गैर आवासी मधेशी संघमा आवद्ध भएको अन्तरास्ट्रिय समितीका सल्लाहकार साहुले बताए ।

नव प्रवेशीहरुलाई मधेशीहरुको पहिचान झल्काउने गम्छा र अबिरको टिका लगाएर सल्लाहकार साहुले पार्टीमा स्वागत गरेको छ।

सल्लाहकार साहुले जनमत पार्टी नेपालमा मात्रै होईन ,५४ वटा देशमा हाम्रो पार्टीको संगठन रहेको बताए।उनले भने,’वैदेशिक रोजगारको क्रममा रहेका नेपाली र मधेशीहरुको सुखदुःख साथ दिने एक मात्रै पार्टी जनमत रहेको छ।’

वैदेशिक रोजगारको क्रममा कतार ,साउदी ,मलेसिया र कुवेतसहितको देशहरुमा विभिन्न समस्यामा परेका नेपालीहरुको दिनहु उद्गार कार्य जनमत पार्टीका विदेश विभाग संगठन गैर आवासीय मधेशी संघ गर्दै आइरहेको सल्लाहकार दिनेश साहुले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]