१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

जनकपुरधामबाट ब्राउनसुगरसहित एक जना पक्राउ

Logo
न्यूजमधेश प्रकाशित सोमबार, आषाढ १७, २०८१

जनकपुरधाम । धनुषाको जटहीबाट काठमाडौँ जाँदै गरेको रात्रि बसबाट प्रहरीले लागूपदार्थ बरामद गरेको छ ।

धनुषाको दक्षिणी सीमावर्ती क्षेत्र अवस्थित जटही नाकाबाट भित्र्याइ जटहीहुँदै काठमाडौँ चल्ने रात्रि बसबाट लागूपदार्थ ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सो बसलाई जनकपुरधामस्थित मुजेलियामा चेकजाँच गर्नेक्रममा बागमती प्रदशे ०३–००१ ह २५१४ नम्बरको रात्रि बसमा ४४ ग्राम ब्राउन सुगर जस्तो देखिने लागू पदार्थ खोज तलास गर्दा बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।

सो लागू पदार्थ ब्राउन सुगर जनकपुरधाम उपमहानगरपालिका– २० स्थित देवपुरा रुपैठाका २५ वर्षीय अमित कुमार झाको साथबाट बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।

यता पक्राउ परेका झालाई हिरातमा राखी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]