२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा पल्टियो, १५ जना घाइते

Logo
न्यूजमधेश प्रकाशित सोमबार, आषाढ १७, २०८१

जनकपुरधाम । सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा पल्टिँदा १३ जना घाइते भएका छन्।

गएराति सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ५ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

‘राति ९ बजेतिर सडकमा हिँडिरहेका एकजना पैदल यात्रुलाई जोगाउन खोज्दा बस पल्टिएको हो,’ जिप्रका धनुषाका डीएसपी रन्जन अबाले नेपालखबरसँग भने, ‘दुर्घटनामा १५ जना घाइते भएका छन्। एक जनालाई अलिक बढी चोट लागे पनि १४ जनाको अवस्था सामान्य छ।’

सर्लाहीको कुन ठाउँबाट त्यो बस सिराहातर्फ जाँदै थियो, नखुलेको उनले बताए।

‘बसमा बेहुला सवार थिए- थिएनन्, त्यो पनि खुलेको छैन,’ डीएसपी अबाले भने, ‘घाइते सबैको धनुषाकै गोदारमा रहेको रिया पोलिक्लिनिकमा उपचार भइरहेको छ। हामी थप अनुसन्धानको क्रममा छौँ।’

दुर्घटना पश्चात बसका चालक फरार छन्। उनको खोजी भइरहेको डीएसपी अबाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]