०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

प्रदेश लोकसेवा आयोग ब्यवस्थित गर्न मुख्यमन्त्री सिंह सक्रिय

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आषाढ १७, २०८१

जनकपुरधाम ।महिनौं देखि लथालिङ्ग अवस्थामा रहेको प्रदेश लोक सेवा आयोगलाई व्यवस्थित बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह सक्रिय भएका छन् । प्रदेश लोक सेवा आयोगको कामकर्तव्यलाई लिएर परिक्षार्थी र जनगुनासो बढेपछि मुख्यमन्त्री सिंह सक्रिय भएका हुन।

प्रदेश लोक सेवा आयोगलाई व्यवस्थित गर्न सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा मुख्यमन्त्री सिंहको अध्यक्षतामा सिफारिस समितीको बैठक सम्पन्न भएको छ।बैठकबाट आयोगको रिक्त रहेको पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाएको मुख्यमन्त्री सचिवालयले जनाएको छ।

विगत लामोसमयदेखि आयोगको अध्यक्ष र एक सदस्य रिक्त रहेको छ। पदाधिकारी रिक्त रहदा आयोगको परिक्षा नतिजा तथा नयाँ कर्मचारी भर्ना प्रक्रिया ठप्प भएको छ।

प्रदेशमा अध्यक्ष एक र दुई सदस्य गरी तीन जनाको प्रदेश लोकसेवा आयोग रहने प्रदेश लोकसेवा आयोग ऐन २०७६ दफा ३ को उपदफा १ मा व्यवस्था गरेको छ । अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्ष तोकेको छ । सोहीअनुसार अध्यक्ष र सदस्यलाई नियुक्ति गरिएको थियो । तर उमेर हद नाघेको कारण अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते अवकाश भएको आयोगका कार्यालयले जनाएको छ ।

आयोगका अर्का सदस्य महारुद्र झा पनि उमेर हद नाघिसकेको कारण २०७९ पुस ३ गते अवकाश भएका थिए । आयोगका पदाधिकारीमा डा. सुजाता देव मात्र एक जना सदस्य रहेको छ । पदाधिकारीको उमेर हद म्याद ६५ वर्ष तोकिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]