२३ पुष २०८२, बिहिबार
08-01-2026 , Thu
×

मधेशमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आषाढ १७, २०८१

जनकपुरधाम । सुरक्षा निकाससंगको बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रदेशको सुरक्षा व्यवस्था सम्बन्धि बैठकमा मुख्यमन्त्री सिंहले प्रदेशका आठै जिल्लाका प्रहरी प्रमुखलाई मधेशमा चोरी, डकैती जस्ता घटनाहरुलाई न्यूनिकरण गर्न राती गस्ती खटाउन र तस्करीलाई रोकथाम गर्न निर्देशन दिए ।

प्रदेशमा बढ्दो महिला हिंसा,अपराधिक कृयाकलाप, आत्महत्या लगायतका घटनालाई रोकथाम गर्न प्रहरीको विशेष भूमिका रहेकोले यस्ता कृयाकलपा रोक्न समाजमा जनचेतना फैलाउन पनि आग्रह गरे ।

सुन्दर र शान्त मधेश प्रदेशको कल्पना गरे बमोजिमको अगामी कार्ययोजना बनाउन पनि मुख्यमन्त्री सिंहले प्रहरी अधिकारीहरुसँग सुझाव लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।यसका साथै प्रहरी अधिकारीहरुले पनि आफ्नो अगामी योजनाबारे मुख्यमन्त्रीलाई जानकारी गराएको थियो ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले प्रदेशको सुरक्षा व्यवस्थाहरू बारे मुख्यमन्त्रीलाई ब्रिफिङ्ग गरेको थियो ।बैठकमा प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेलसहित मधेश प्रदेशका आठवटै जिल्लाका सुरक्षा निकायको प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]