३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

रौतहटको चन्द्रपुरमा जसपाका नगर अध्यक्षसहित दर्जनौं नेता जनमतमा प्रवेश

Logo
मनोजकुमार मोरबैता प्रकाशित बिहिबार, आषाढ २०, २०८१

जनकपुरधाम । रौतहटको चन्द्रपुर नगरपालिकामा जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष चन्द्रकिशोर बैठासहित तीन दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बिहीबार चन्द्रपुरमा आयोजित दोस्रो नगर अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रममा जसपासहित विभिन्न पार्टीका तीन दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा जसपाका जिल्ला सदस्य राम नाथ साह,टेक नारायण धामी ,नगर अध्यक्ष चन्द्र किशोर बैठा,उपाध्यक्ष अमर बहादुर बिकलगाइत ४० जना जसपा परित्याग गर्दै जनमत प्रवेश गरेको छ।

नवप्रवेशीहरुलाई जनमत पार्टीका युवा अध्यक्ष संजय यादव र युवा नेता कल्याण राउतले माला र टीका लगाएर पार्टी प्रवेश गराइएको छ।

साथै ,जनमत पार्टी चन्द्रपुर नगरपालिकाको दोस्रो नगर अधिवेशनबाट अभिषेक खड्काको नेतृत्वमा २७ सदस्यीय निर्वाचित नगर कार्यसमिति गठन गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]