१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

मधेस प्रदेशमा बालश्रमिकको सङ्ख्या एक लाख ७२ हजार

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

जनकपुरधाम । मधेस प्रदेशका अधिकांश जिल्लामा विद्यालय पहुँचभन्दा बाहिर रहेका पाँच देखि १७ वर्ष उमेर समूहका बालश्रमिकको सङ्ख्या एक लाख ७२ हजार रहेको पाइएको छ ।

जनकपुरधाममा आसमान नेपाल नामक संस्थाले पत्रकार अन्तरक्रिया आयोजना गरी बाल श्रमिकको तथ्याङ्क सार्वजनिक गरेको हो । आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्यले मधेस प्रदेशमा विद्यालय बाहिर भएका २१ प्रतिशत बालबालिकालाई विद्यालय पठाउन सकेमा बाल श्रमिकको सङ्ख्या कम गर्न सकिने बताए ।

प्रदेशका बालश्रमिकहरु मध्ये शहरी क्षेत्रमा मात्र १२ दशमलव चार प्रतिशत रहेका छन् । ग्रामीण क्षेत्रमा बाल श्रमिकको सङ्ख्या नौ दशमलव आठ प्रतिशत रहेको आसमानका परियोजना संयोजक दिपेन्द्र तिवारीले जनाइएको छ । गरिबी तथा अशिक्षाका कारण बालश्रमिक मध्ये तीन दशमलव चार प्रतिशत अर्थात् ५० हजार नौ सय ३२ जना बालश्रमिक जोखिमपूर्ण काममा संलग्न रहेको उनले बताए।

मधेश प्रदेशमा विद्यालय जाने उमेर समूहका बालबालिकाको सङ्ख्या १४ लाख ९८ हजार छन् । बालश्रममा लागेकालाई विद्यालय पठाउन चुनौतीपूर्ण रहेको आसमानका सुशासन सल्लाहकार गुरु सुवेदीले जनाइएको हो ।

उनले बालश्रम कम गर्न बालमैत्री स्थानीय शासन आवश्यक भएकाले योजनासहित बालबालिकाको क्षेत्रमा लगानी गर्न जरुरी रहेको बताए । आसमानका मधेस प्रदेश संयोजक खिलानाथ निरौलाले जोखिमपूर्ण श्रमसहित अन्य श्रममा लागेका बालबालिकालाई विद्यालय पठाउन जरुरी रहेको भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]