०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

जनकपुरधाम । संघीय गठबन्धन फेरिएसँगै प्रदेशमा समेत सरकार परिवर्तन हुन लागेको बखत मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शनिबार अनिवार्य रुपमा विश्वासको मत लिनुपर्ने छ । मधेश प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको शनिबारको कार्यसूचीमा बिहान ११ बजे मुख्यमन्त्री सिंहले विश्वासको मत लिने उल्लेख छ ।

नेकपा एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोले जनमत नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका छन् । ‘संघीय निर्देशनपनि त्यस्तै आएको छ ।’ उनले भने, संघीय गठबन्धनको निर्देशन प्राप्त नभए सम्म यसै सरकारलाई समर्थन गरिने छ ।

मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ती पार्टी सहभागी छ । सरकारलाई ५५ जना सभासदको समर्थन छ । मधेश प्रदेशमा १०७ जना सभासद रहेको छ।

संघीय गठबन्धनकै अनुसार प्रदेशमा सरकार रहने भएपनि मधेश प्रदेशमा कांग्रेस र एमाले संसदीय दलका नेताहरुबीच भेंटवार्ता भएको छैन । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले संघीय गठबन्धनको निर्णय अनुसार नै प्रदेशमा सरकार बन्ने बताएका छन । ‘संघीय गठबन्धनको निर्णय अनुसार नै प्रदेशमा सरकार बन्ने छ’ उनले भने, हाल सम्म पार्टीको केन्द्रीय निर्देशन प्राप्त नभएकाले वर्तमान गठबन्धन नै कायम छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]