०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

मधेशमा मुख्यमन्त्री सिंहलाई निरन्तरता दिन कांग्रेस–एमाले सहमत

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारलाई निरन्तरता दिन कांग्रेस -एमाले सहमत भएको छ ।

नयाँ सत्ता समीकरणको सहमति गरिसकेका नेपाली कांग्रेस र नेकपा एमाले मधेश प्रदेशको नेतृत्व जनमत पार्टीलाई दिन तयार भएको हो । बाँकी ६ प्रदेशको नेतृत्वबारे भने कांग्रेस र एमालेले निर्णय गरिसकेको छ ।

तर मधेश प्रदेशमा भने यी दुई मिलेर मात्रै बहुमत पुग्दैनथ्यो । मधेशमा एमालेसँग सभामुख सहित २५ र कांग्रेससँग २२ सिट छ ।

तर १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ । तसर्थ कुनै तेस्रो दललाई लिनुपर्ने बाध्यतामा कांग्रेस–एमाले थिए ।

यस्तोमा एमालेले जनमत पार्टीकै नेतृत्व स्वीकारेर जानुपर्ने प्रस्ताव गरेको थियो । माओवादी केन्द्र सहितको सत्ता समीकरण टिकाउने गठजोडकै बेला जनमत पार्टीका सतिशकुमार सिंह गत २५ जेठमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभामा बहुमत देखाउनुपर्ने संवैधानिक व्यवस्था भएकाले भोलि प्रदेश सभा बैठक बोलाइएको छ ।

बैठकको अघिल्लो दिन कांग्रेस–एमालेले विश्वासको मत दिन तयार भएको हो । जनमत पार्टीसँग प्रदेश सभामा १३ सांसद छन् । अर्थात कांग्रेस र एमालेको साथ पाएपछि सिंहले प्रदेश सभाको बहुमत पाउने भएका छन् ।

एमालेले प्रदेश सभा बैठक राखेरै सिंहलाई विश्वासको मत दिने निर्णय भएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार, कांग्रेसले पनि सिंहलाई विश्वासको मत सहमति भइसकेको छ ।

यी तीन दल बाहेक प्रदेशसभामा नेकपा माओवादी केन्द्रसँग ९, लोकतान्त्रिक समाजवादी पार्टीसँग ९, एकीकृत समाजवादीसँग ८, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसँग १–१ सिट छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]