१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

धनुषा : दलित जनमत संघ गठन अध्यक्षमा रघुबिर दास

Logo
प्रकाशित शुक्रबार, आश्विन १७, २०७६

जनकपुरधाम। डा. सिके राउत नेतृत्वको जनमत पार्टी धनुषाले जनवर्गीय संगठन अन्तरगत दलित जनमत संघ गठन भएका छन।

बिहिवार जनकपुर स्थित ‘ दास कुटिमा ‘ एक कार्यक्रम बिच रघुविर दासको अध्यक्षतामा २१ सदस्यीय दलित जनमत संघ गठन गरेको छ। सदस्यमा रामनाथ दास,प्रदिप दास,रौदी दास,महेशी सहनी ,राजकुमार सादा ,गरमी देवी पासवान ,चन्द्रकला देवी पासवान ,ज्ञानेन्द्र कु. दास, राजगेनी राम , नवल दास, अवोधी दास रहेको छ।

त्यसैगरी विन्देश्वर पासवान ,शम्भु गिरी ,रामदयाल महरा,रामललित महरा , सिरिया पासवान ,सिताराम पासवान , रन्जीत महरा , विनोद मण्डल र ललन दास सहितका व्यक्तिहरु सदस्यमा रहेको छ।

कार्यक्रममा रघुवीर दास, विमला राम, रामप्रताप मण्डल, एल. के. दास, राज कुमार सादा, सन्तोष कुमार पासवानले समाजमा दलित समुदायको साथ विभेद भइरहेको सबै वक्ताहरुले आफ्नो मन्तव्य राखेको संघका सदस्य ज्ञानेन्द्र कुमार दासले जानकारी दिएको छ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य इन्द्रजित यादव, रामप्रताप मण्डल ,जनमत पार्टी धनुषाको क्षेत्र नं.२ को क्षेत्रीय संयोजक उपेन्द्र रोहितलगाइतको उपस्थितिमा दलित जनमत संघ गठन भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]