१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

धार्मिक पर्यटनको प्रबद्र्धनमा रथयात्राले टेवा पुग्ने:मुख्यमन्त्री सिंह

Logo
न्यूज मधेश प्रकाशित आइतबार, आषाढ २३, २०८१

वीरगञ्ज । प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा आज वीरगञ्जमा सम्पन्न भएको छ ।

गहवामाई मन्दिरको प्राङ्गणबाट आज विहान साढे ६ बजे प्रारम्भ भएको रथयात्रा नगरका विभिन्न प्रमुख स्थानहरु घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान लगायतका ठाउँको परिक्रमा गर्दै पुनः गहवामाई मन्दिरमा पुगेर टुङ्गिएको थियो ।

रथयात्राको उद्घाटन गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह वीरगञ्ज पुगेका थिए । उनले धार्मिक पर्यटनको प्रबद्र्धनमा रथयात्राले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यस रथयात्रामा सयौँको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्राका लागि बनाइएको समितिका अध्यक्ष श्याम पोखरेलले गाउँगाउँबाट भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको जानकारी दिए । उनले भने, “गहवामाई मन्दिर प्राङ्गणमा आज साँझ ६ बजेबाट भजन किर्तनको कार्यक्रम हुनेछ ।” साथै, भोलि साँझ ५ बजे महाभंडारा (प्रसाद ग्रहण कार्यक्रम) आयोजना गरिएको पनि उनले जानकारी दिए ।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले यो रथयात्राले वीरगञ्जको संस्कृति झल्काउने र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

भक्तजनहरुको व्यापक सहभागिता सुनिश्चित गर्न आज वीरगञ्ज महानगर अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिइएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सबै शैक्षिक संस्थानहरु बन्द गर्न अनुरोधसहित सूचना जारी गरेको थियो ।

आज र भोलि वीरगञ्ज महानगरक्षेत्र भित्र मदिरा, माछामासु सेवन तथा विक्रिवितरणमा पनि रोक लगाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]