२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

जनमतले गर्‍यो सचिव साहसहित ७ जनालाई ३ महिना निलम्बन

Logo
न्यूजमधेश प्रकाशित बुधबार, आषाढ २६, २०८१

जनकपुरधाम। जनमत पार्टीले राष्ट्रिय सचिव विशेश्वरप्रसाद (वीपी) साहसहित ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ ।

सचिव साहसँगै केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका सचिव कृष्णचन्द्र साह, अरविन्द सहनी, धिरज कामती, अनिताकुमारी यादव र दीपनारायण यादवलाई निलम्बन गरिएको सचिव अनिताकुमारी मण्डलले जानकारी दिइन् ।

पार्टीको नीति निर्देशन र विधानविपरीत अनुसाशनहिनता प्रदर्शन गरिएकाले उनीहरूलाई कारबाही गरिएको हो ।साथै पार्टीको कुनै कामकाजमा सहभागी नहुने गरी निलम्बन गरिएको सचिव मण्डलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]