१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

मधेश प्रदेशसभाको अवरोध हट्यो

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, आषाढ २७, २०८१

जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभा बैठकको अवरोध हटेको छ ।

बिहीबार बसेको प्रदेशसभाको सुरुमै जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए । त्यसपछि जसपा नेपालका सांसदहरु उठेर संसद अवरोध गरे ।

सभामुख रामचन्द्र मण्डलले यो विषयमा यसअघि पनि ४/५ पटक छलफल भइसकेको र निकास ननिस्केकाले समय अभावको कारण सदन अघि बढाउन खोजे । पुनः जसपा प्रमुख सचेतक यादवले कम्तीमा सरकारको धारणा आउनुपर्ने माग गरेपछि सभामुख मण्डलले मुख्यमन्त्री सिंहलाई धारणा राख्न निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले बजेटमा कही कतै कमजोरी भएको छ भने उच्चस्तरीय छानबिन समिति गठन गर्ने र निर्वाचन क्षेत्रहरुमा रहेको असन्तुलित बजेटको गुनासोलाई मध्यनजर गर्दै सन्तुलित गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाए ।

‘मैले सुरुदेखि नै बजेटमा कही कतै गडबड छ भने उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषी भेटिएकालाई कारबाही गर्छु भन्दै आएको छु । मैले कहिल्यै पनि भनेको छैन छानबिन गर्दिन’, मुख्यमन्त्री सिंहले भने ‘क्षेत्रहरुमा बजेट असन्तुलित भएको गुनासो आएको त्यसलाई पनि आगामी दिनमा सन्तुलित गर्ने प्रयास गर्छु ।’

योसँगै मधेश प्रदेशसभाको जसपाको अवरोध हटेको छ । बिहीबार आगामी आर्थिक वर्षको आयव्यय र राजश्व अनुमानमाथि छलपल भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]