२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

गोहीको आक्रमणबाट १४ वर्षीय बालकको मृत्यु

Logo
प्रकाशित शुक्रबार, आश्विन १७, २०७६

राजविराज । सप्तरीमा गोठाला गएका एक बालकको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–९ कमलपुरका १४ वर्षीय रुपेशकुमार यादव छन् ।

प्रहरीका अनुसार गत बुधबार गोठाला गएका रुपेशलाई गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्याएको थियो । वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरी चौकी, फत्तेपुरले जनाएको छ ।

प्रहरी चौकीका इन्जार्च सई अयोध्याशरण यादवले पानीमा बसेको भैंसी निकाल्न जाने क्रममा गोहीले उनीमाथि आक्रमण गरेको हुनसक्ने आशंका गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]