१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

गोहीको आक्रमणबाट १४ वर्षीय बालकको मृत्यु

Logo
प्रकाशित शुक्रबार, आश्विन १७, २०७६

राजविराज । सप्तरीमा गोठाला गएका एक बालकको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–९ कमलपुरका १४ वर्षीय रुपेशकुमार यादव छन् ।

प्रहरीका अनुसार गत बुधबार गोठाला गएका रुपेशलाई गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्याएको थियो । वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरी चौकी, फत्तेपुरले जनाएको छ ।

प्रहरी चौकीका इन्जार्च सई अयोध्याशरण यादवले पानीमा बसेको भैंसी निकाल्न जाने क्रममा गोहीले उनीमाथि आक्रमण गरेको हुनसक्ने आशंका गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]