१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

जनमत पार्टीद्वारा सिमलताल बस दुर्घटनाप्रति दुःख व्यक्त

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, आषाढ २८, २०८१

काठमाडौँ । जनमत पार्टीले नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आज बिहान भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

सो पार्टीका राष्ट्रिय प्रवक्ता एवं डा शरदसिंह यादवले आज एक विज्ञप्ति जारी गर्दै सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न प्रशासनसँग आग्रह गरे।

“नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस आज बिहान करिब ३ः३० बजे त्रिशूली नदीमा खस्दा ५० जनाभन्दा बढी यात्रुहरूको अवस्था अझै अज्ञात रहेको घटना र अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोसँगै डुबानमा परी भएको ठूलो जनधनप्रति जनमत पार्टीले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ”, विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी युद्धस्तरमा उद्धार गर्न तथा नेपाली नागरिकलाई सुरक्षित स्थानको व्यवस्थापन गर्न, राहतलाई थप सक्रियताका साथ अगाडि बढाउनसमेत जनमत पार्टीले नेपाल सरकारसँग माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]