०१ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

मधेस प्रदेश : आर्थिक विधेयक सर्वसम्मतिले पारित

Logo
न्यूज मधेश प्रकाशित आइतबार, आषाढ ३०, २०८१

जनकपुरधाम । मधेस प्रदेशसभाको शनिबारको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले पेस गरेको आर्थिक विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ ।

मुख्यमन्त्री सिंहले बजेट बनाउन थोरै समय पाएका कारण करका विषयमा समीक्षा समेत गर्न नसकिएको बताए । उनले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञसँग परामर्श गरेर अगाडि बढ्ने जानकारी गराए ।

शनिबार बैठकमा छलफलका क्रममा उठाइएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले यथावत् राखेको बताए ।

आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै जसपा नेपालका प्रदेशसभा सदस्य रामआशीष यादवले जनतालाई समस्यामा पारेर कुनै प्रकारको कर लगाउन उचित नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]