२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

महोत्तरी प्रहरीले गोली हानेर पेशेवर डकैत पासवानलाई समात्यो

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आषाढ ३१, २०८१

जनकपुरधाम । महोत्तरी प्रहरीले एक पेशेबर डकैतलाई गोली हानेर समात्न सफल भएको छ ।

भारतीय सिमासँग जोडिएको तथा महोत्तरी र सर्लाहीको सिमामा पर्ने खैरनी भन्ने ठाउँबाट डकैत विजेन्द्र पासवान पक्राउ परेका हुन् । लुकीछिपी बसेको अवस्थामा पक्राउ गर्न प्रहरी जाँदा उनी भाग्न खोजेका थिए । सो क्रममा प्रहरीले एक राउण्ड गोली चलाएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका २ घर भएका पासवानको बायाँ खुट्टाको घुँडामुनी गोली लागेको छ । अहिले उनको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवालले आईतवार राति करिब ११ बजे पासवानलाई पक्राउ गरेको जानकारी दिए । उनले भने, ‘भाग्न खोज्दा गोली चलाउनुपर्यो । पासवानको उपचार जलेश्वर प्रादेशिक अस्पतालमा भइरुहेको छ । उनी खतरामुक्त छन् ।’

पासवानले बाराको २, महोत्तरीको २, सिरहा, सर्लाही र सिन्धुलीको १÷१ स्थानमा डकैती गरेको डिएसपी जयसवालले जानकारी दिए । उनका अनुसार पासवान भारतको विभिन्न स्थानमा समेत डकैती गरेको अनुसन्धानबाट खुलेको छ ।

‘डकैती सम्बन्धी मुद्दा पासवानमाथि पहिलेदेखि दर्ता छ,’ उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]