२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

समाजसेवी यादवद्वारा शैक्षिक समाग्री तथा पोशाक वितरण

Logo
प्रकाशित शनिबार, आश्विन १८, २०७६

संजय साह,जनकपुरधाम । समाजसेवी एवम नेकपाका बयोवृद्व नेता गंगाराम यादवले तराई मधेश शिक्षास्तर खस्किदै गएकोमा चिन्ता व्यक्त गरेका छन्।

विजया दशमी दिपावली र छठ पर्वको अवसरमा धनुषाको परवाहा देउरीस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई टिशर्ट, शैक्षिक सामग्री र विस्कुट वितरण गर्दै समाजसेवी यादवले शिक्षाको हव मानिएको धनुषा सहितका तराई मधेशका जिल्लाहरुमा शैक्षिक स्तरमा भएको ह्रास चिन्ताको विषय बन्नु पर्नेमा त्यसो हुन नसकेको बताएका छन् ।

नेपाल सरकारले शिक्षाको स्तर बढाउन अधिक अग्रसर हुनुपर्ने बताउदै यादवले शिक्षाले मात्र देशको गरिवी अन्तय हुन सक्ने बताए । शिक्षाको विकास भए मात्र देशको गरिवी कम हुने उनको दावी छ । स्वयम यस समस्या प्रति चिन्तित रहेकाले नै विद्यार्थीहरुको हौसला बढाउन र विद्यालय प्रति आकर्षण बढाउन समय समयमा यस्ता कार्यक्रमहरु गरिरहेको समेत उनको भनाई छ ।

शनिबार दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका बीच परवाहा देउरीका वडा अध्यक्ष अमितकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई समाजसेवी यादवले सो सामग्री वितरण गर्नुभएको हो ।

कार्यक्रममा ६ सय छात्रा तथा ४ सय ५० छात्र गरी १०५० जनालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो । श्री माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेताहरु कारी यादव, जितेन्द्र यादव लगायत शिक्षकहरूको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]