१५ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
×

समाजसेवी यादवद्वारा शैक्षिक समाग्री तथा पोशाक वितरण

Logo
प्रकाशित शनिबार, आश्विन १८, २०७६

संजय साह,जनकपुरधाम । समाजसेवी एवम नेकपाका बयोवृद्व नेता गंगाराम यादवले तराई मधेश शिक्षास्तर खस्किदै गएकोमा चिन्ता व्यक्त गरेका छन्।

विजया दशमी दिपावली र छठ पर्वको अवसरमा धनुषाको परवाहा देउरीस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई टिशर्ट, शैक्षिक सामग्री र विस्कुट वितरण गर्दै समाजसेवी यादवले शिक्षाको हव मानिएको धनुषा सहितका तराई मधेशका जिल्लाहरुमा शैक्षिक स्तरमा भएको ह्रास चिन्ताको विषय बन्नु पर्नेमा त्यसो हुन नसकेको बताएका छन् ।

नेपाल सरकारले शिक्षाको स्तर बढाउन अधिक अग्रसर हुनुपर्ने बताउदै यादवले शिक्षाले मात्र देशको गरिवी अन्तय हुन सक्ने बताए । शिक्षाको विकास भए मात्र देशको गरिवी कम हुने उनको दावी छ । स्वयम यस समस्या प्रति चिन्तित रहेकाले नै विद्यार्थीहरुको हौसला बढाउन र विद्यालय प्रति आकर्षण बढाउन समय समयमा यस्ता कार्यक्रमहरु गरिरहेको समेत उनको भनाई छ ।

शनिबार दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका बीच परवाहा देउरीका वडा अध्यक्ष अमितकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई समाजसेवी यादवले सो सामग्री वितरण गर्नुभएको हो ।

कार्यक्रममा ६ सय छात्रा तथा ४ सय ५० छात्र गरी १०५० जनालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो । श्री माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेताहरु कारी यादव, जितेन्द्र यादव लगायत शिक्षकहरूको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]