०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

‘धनुषा र महोत्तरीमा मल अभाव छैन’

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, साउन ०२, २०८१

जनकपुरधाम । धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख बेचनकुमार साहका अनुसार मलको पर्याप्त मौज्दात रहेको तथा सहकारी संस्थामार्फतढुवानी तथा बिक्रीवितरण भइरहेको छ ।

दुवै जिल्लामा सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले निर्धारण गरेको ‘कोटा’अन्तर्गत सहकारी संस्थामार्फत मल बिक्रीवितरण हुने प्रावधान छ । सोहीअनुसार मल वितरण गरेको उहाँले जानकारी दिनुभयो । हाल युरिया नौ सय मेट्रिक टन, डिएपी मल ८४ मेट्रिक टन तथा पोटास ५८ मेट्रिक टन मौज्दात छ ।

कृषि सामग्री कम्पनीबाट धनुषा र महोत्तरीका २७ पालिका अन्र्तगत दुईसय नौवटा सहकारी संस्थामार्फत मल बिक्री भइरहेको छ । भारतसँग सीमा जोडिएका पालिकाका किसानले भने भारतीय बजारबाट मल खरिद गर्ने गरेको किसानले जनाएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा रु ३५ करोड ४० लाख ८३ हजारको १२ हजार चार सय मेट्रिक टन मल बिक्री गरेको जनाएको छ । उक्त आवमा रु ११ करोड ५५ लाख ४१ हजारको ९२ दशमलव ५५ मेट्रिक टन युरिया, रु २३ करोड ७८ लाखको एक सय ५० मेट्रिक टन डिएपी तथा रु ७० लाख ८४ हजारको पाँच हजार ९६ मेट्रिक टन पोटास र रु छ लाख ७२ हजार मूल्य बराबरको ८४ मेट्रिक टन चुन बिक्री भएको छ ।

धनुषामा ४२ हजार हेक्टरमा धानखेती हुँदै आएको तथा हालसम्म ७० प्रतिशत रोपाइँ भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]