१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

मधेस सरकारले ल्याएको बजेटमा आजदेखि काम सुरु

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ०२, २०८१

जनकपुरधाम । मधेस सरकारले ल्याएको बजेटमा आजबाट कामकाज सुरु गर्नको लागि अख्तियारी दिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको हो ।

अर्थ मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री सतिश सिंहले बिहीबार सबै मन्त्रालय, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई बोलाएर सरकारले ल्याएको बजेट रकम खर्च गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिंहले साउन २ गतेदेखि सरकारको बजेट खर्च गर्न अख्तियारी दिएका छन् ।

मन्त्रालयका कर्मचारी तथा प्रमुखहरूलाई १०/११ पेजको गाइड लाइनसहित काम गर्न अख्तियारी दिइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । मुख्यमन्त्री सिंहले समयमा विकास निर्माण गर्नका लागि आफ्नो नेतृत्वको सरकारले बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको जानकारी दिए ।

उनका अनुसार सुशासनका लागि बजेट खर्चको गर्न अख्तियारी दिइएको हो । बजेट खर्चको अख्तियारी समयमै नदिँदा विकास निर्माणसहितका काम गर्दा व्यापक गुनासाहरू आउने गरेको उनले सुनाए । यो पटक सबै प्रक्रिया चाँडै पूरा गरेर समयमै अख्तियारी प्रदान गरिएको समेत उनले बताए ।

उनले भने, ‘जनताको गुनासा मात्रै होइन, यो वास्तविक विषय पनि हो । ढिलो गरी अख्तियारी जाँदा कर्मचारीहरूले काम गर्न पाउँदैनथे । अख्तियारी आएको छैन भन्दै पन्छिने काम हुन्थ्यो । त्यसकारण जनताको मर्म र भावना अनुसार यो पटक आर्थिक वर्ष सुरु भएसँगै काम गर्ने अख्तियारी प्रदान गरिएको हो ।’

यो पटक कुनै पनि कर्मचारीलाई जनताको सेवामा हेलचेक्र्याइँ गर्ने छुट नभएको उनको भनाइ छ । सरकारले अख्तियारी प्रदान गर्नका लागि साउन १ गते अर्थ विधेयक राजपत्रमा प्रकाशित गरेको थियो भने २ गते विनियोजन विधेयक प्रकाशित गरेको थियो ।

यी दुईवटै विधेयक प्रकाशित भएसँगै प्रदेश सरकारले ल्याएको बजेटमा आजदेखि काम सुरु हुने भएको छ । यस अघिका सरकारले आश्विन पछि बजेट रकम खर्च गर्न अख्तियारी दिने गरेको रेकर्ड छ ।

अघिल्लो वर्ष प्रदेश सरकारले आश्विनदेखि बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको थियो । तर अहिले भने सरकारले २ महिना अगाडि नै सबै मन्त्रालय तथा सम्बन्धित विभागीय प्रमुखलाई बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले जानकारी दिएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि ४३ अर्बभन्दा बढीको बजेट ल्याएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]