१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

मधेस सरकारले ल्याएको बजेटमा आजदेखि काम सुरु

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ०२, २०८१

जनकपुरधाम । मधेस सरकारले ल्याएको बजेटमा आजबाट कामकाज सुरु गर्नको लागि अख्तियारी दिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको हो ।

अर्थ मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री सतिश सिंहले बिहीबार सबै मन्त्रालय, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई बोलाएर सरकारले ल्याएको बजेट रकम खर्च गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिंहले साउन २ गतेदेखि सरकारको बजेट खर्च गर्न अख्तियारी दिएका छन् ।

मन्त्रालयका कर्मचारी तथा प्रमुखहरूलाई १०/११ पेजको गाइड लाइनसहित काम गर्न अख्तियारी दिइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । मुख्यमन्त्री सिंहले समयमा विकास निर्माण गर्नका लागि आफ्नो नेतृत्वको सरकारले बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको जानकारी दिए ।

उनका अनुसार सुशासनका लागि बजेट खर्चको गर्न अख्तियारी दिइएको हो । बजेट खर्चको अख्तियारी समयमै नदिँदा विकास निर्माणसहितका काम गर्दा व्यापक गुनासाहरू आउने गरेको उनले सुनाए । यो पटक सबै प्रक्रिया चाँडै पूरा गरेर समयमै अख्तियारी प्रदान गरिएको समेत उनले बताए ।

उनले भने, ‘जनताको गुनासा मात्रै होइन, यो वास्तविक विषय पनि हो । ढिलो गरी अख्तियारी जाँदा कर्मचारीहरूले काम गर्न पाउँदैनथे । अख्तियारी आएको छैन भन्दै पन्छिने काम हुन्थ्यो । त्यसकारण जनताको मर्म र भावना अनुसार यो पटक आर्थिक वर्ष सुरु भएसँगै काम गर्ने अख्तियारी प्रदान गरिएको हो ।’

यो पटक कुनै पनि कर्मचारीलाई जनताको सेवामा हेलचेक्र्याइँ गर्ने छुट नभएको उनको भनाइ छ । सरकारले अख्तियारी प्रदान गर्नका लागि साउन १ गते अर्थ विधेयक राजपत्रमा प्रकाशित गरेको थियो भने २ गते विनियोजन विधेयक प्रकाशित गरेको थियो ।

यी दुईवटै विधेयक प्रकाशित भएसँगै प्रदेश सरकारले ल्याएको बजेटमा आजदेखि काम सुरु हुने भएको छ । यस अघिका सरकारले आश्विन पछि बजेट रकम खर्च गर्न अख्तियारी दिने गरेको रेकर्ड छ ।

अघिल्लो वर्ष प्रदेश सरकारले आश्विनदेखि बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको थियो । तर अहिले भने सरकारले २ महिना अगाडि नै सबै मन्त्रालय तथा सम्बन्धित विभागीय प्रमुखलाई बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले जानकारी दिएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि ४३ अर्बभन्दा बढीको बजेट ल्याएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]