०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

नवनियुक्त उर्जा मन्त्री यादवले गरे पदभार ग्रहण

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ०२, २०८१

जनकपुरधाम । नवनियुक्त उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै मन्त्री यादवले सिचाई क्षेत्रलाई उच्च प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेका छन् ।

सिचाईका रुग्न श्रोतहरुको मर्मत सम्भार गर्नुका साथै नयाँ ट्युववेलहरु समेत जडान गरेर सिचाईको व्यवस्थापन गर्ने निर्णय उनले गरेका छन् ।

नवनियुक्त मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्न श्रोतहरुको पुर्नभरणको कार्यलाई अगाडि बढाउने निर्णय गरेका छन् ।

उर्जा क्षेत्रलाई समेत प्राथमिकतामा राखेर वैकल्पिक उर्जाको प्रबन्ध मिलाउने कार्य अघि बढाउने मन्त्री यादवले बताए ।

उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमदले मन्त्री यादवलाई पदभार ग्रहण गराएका छन् ।
यादवसहित पाँच जना मन्त्रीले आज साँझ पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]