२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

नवनियुक्त उर्जा मन्त्री यादवले गरे पदभार ग्रहण

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ०२, २०८१

जनकपुरधाम । नवनियुक्त उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै मन्त्री यादवले सिचाई क्षेत्रलाई उच्च प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेका छन् ।

सिचाईका रुग्न श्रोतहरुको मर्मत सम्भार गर्नुका साथै नयाँ ट्युववेलहरु समेत जडान गरेर सिचाईको व्यवस्थापन गर्ने निर्णय उनले गरेका छन् ।

नवनियुक्त मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्न श्रोतहरुको पुर्नभरणको कार्यलाई अगाडि बढाउने निर्णय गरेका छन् ।

उर्जा क्षेत्रलाई समेत प्राथमिकतामा राखेर वैकल्पिक उर्जाको प्रबन्ध मिलाउने कार्य अघि बढाउने मन्त्री यादवले बताए ।

उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमदले मन्त्री यादवलाई पदभार ग्रहण गराएका छन् ।
यादवसहित पाँच जना मन्त्रीले आज साँझ पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]