०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

मधेश सरकारमा नियुक्त ५ मन्त्रीद्वारा शपथ ग्रहण

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, साउन ०३, २०८१

जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कांग्रेसको तर्फबाट नवनियुक्त अर्थमन्त्री सुनिलकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादव र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय तथा लोसपाको तर्फबाट शिक्षा तथा संस्कृती मन्त्रीमा नियुक्त रानी शर्मा तिवारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मधेश भवनमा आयोजित समारोहबीच प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ गराएकी छन् ।

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह जनमत पार्टीका हुन् । केन्द्रीय गठबन्धनले कांग्रेसलाई अर्थ मन्त्रालय दिने निर्णय गरेसँगै कांग्रेस र लोसपा सरकारमा सहभागी भएका छन् ।

लोसपाले २ मन्त्रालय मागे पनि १ मन्त्रालय मात्रै पाएको छ । मधेशमा बिहीबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनसँगै सरकार पूर्णता पाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]