२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

कमला नगरपालिकाद्वारा स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण मापदण्ड पारित

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन ०३, २०८१

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण मापदण्ड २०८१ परित गरेपछि जग्गा वर्गीकरण कित्ताकाट हुने भएको छ ।

सरकारले जग्गा वगीकरण तथा कित्ताकाटको अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेसंगै जग्गा वर्गीकरणका कारण खरिदविक्रिदेखि सम्पूर्ण कारोबार नै ठप्प रहेको अवस्थामा कमला नगरपालिकाले जग्गा वर्गीकरण सम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशित गरेसंगै स्थानीयवासीलाई सहज हुने भएको छ ।

कमला नगरपालिकाका सूचना अधिकारी वीरेन्द्र सढानले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण कमला नगरपालिका माचि झिटकहिया, धनु‌षा मापदण्ड २०८१ पारित भएको जानकारी दिए ।

भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली २०७९ को मापदण्ड तथा आधारहरुका साथै देहाय अनुसार यस कमला नगरपालिकाको जग्गालाई भूउपयोग क्षेत्रमा वर्गीकरण गरिने प्रयोजनका लागि भूउपयोग ऐन २०७६ को दफा ५ को उपदफा ४ बमोजिम भूउपयोग क्षेत्र नक्सालाई अध्यावधिक गर्न सो मापदण्ड र आधार जारी गरिएको नगर प्रमुख विशेश्वर यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]