२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

कमला नगरपालिकाद्वारा स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण मापदण्ड पारित

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन ०३, २०८१

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण मापदण्ड २०८१ परित गरेपछि जग्गा वर्गीकरण कित्ताकाट हुने भएको छ ।

सरकारले जग्गा वगीकरण तथा कित्ताकाटको अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेसंगै जग्गा वर्गीकरणका कारण खरिदविक्रिदेखि सम्पूर्ण कारोबार नै ठप्प रहेको अवस्थामा कमला नगरपालिकाले जग्गा वर्गीकरण सम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशित गरेसंगै स्थानीयवासीलाई सहज हुने भएको छ ।

कमला नगरपालिकाका सूचना अधिकारी वीरेन्द्र सढानले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण कमला नगरपालिका माचि झिटकहिया, धनु‌षा मापदण्ड २०८१ पारित भएको जानकारी दिए ।

भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली २०७९ को मापदण्ड तथा आधारहरुका साथै देहाय अनुसार यस कमला नगरपालिकाको जग्गालाई भूउपयोग क्षेत्रमा वर्गीकरण गरिने प्रयोजनका लागि भूउपयोग ऐन २०७६ को दफा ५ को उपदफा ४ बमोजिम भूउपयोग क्षेत्र नक्सालाई अध्यावधिक गर्न सो मापदण्ड र आधार जारी गरिएको नगर प्रमुख विशेश्वर यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]