१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

मधेशका उद्योग ,वाणिज्य तथा पर्यटनमन्त्री मियाले गरे पदभार ग्रहण

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन ०३, २०८१

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाले प्रदेशको आर्थिक विकास र रोजगारी सृजनामा विशेष दिनुपर्ने बताएका छन् ।

आज पदभार ग्रहण गर्दै मन्त्री मियाले भने, ‘मधेश ठूलो सम्भावना बोकेको प्रदेश हो । उद्योग क्षेत्रको विस्तारमा लाग्नुपर्छ । यसले मात्र प्रदेशको आर्थिक विकास र रोजगारी सृजना गर्छ ।’

उनले मधेशका आठवटै जिल्लामा उद्योग विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, उद्योगमैत्री वातावरण निर्माण र थप रोजगारी सृजना गर्न सबै स्रोत साधन परिचालन गर्नेमा जोड दिने निर्णय पनि गरेका छन् ।

सप्तरीको क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद मिया जनमत पार्टीबाट मन्त्री बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]