२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

ग्रिनसिफ्ट परियोजनाद्वारा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन ०३, २०८१

ललितपुर । ईयुको सहयोगमामा क्रिएसन नेपालद्वारा संचालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत ललितपुर उपमहानगरपालिकाका चार वेस्ट स्मार्ट स्कुलबीच अन्तर बिद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

शुक्रबार ललितपुरमा आयोजित प्रतियोगितामा आदर्श शौल माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेका थिए ।

त्यस्तै, श्रमजित किसोर माध्यमिक विद्यालयले दोस्रो र प्रभात माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेका छन ।
बिजेता विद्यालयका बिद्यार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।

ग्रिनसिफ्ट परियोजना अन्तर्गत ललितपुर उपमहानगरपालिकामा संचालित चार वेस्ट स्मार्ट स्कुलहरु आदर्श साउला युबक माध्यमिक विद्यालय सैंबु, प्रभात माध्यमिक विद्यालय त्यागल, बाल बिनोद माध्यमिक विद्यालय नस् टोल – खाल) र श्रमजित किशोर माध्यमिक विद्यालय, लुन्खुशीका बिधार्थीहरु भाग लिएका थिए । प्रत्येक बिधालयबाट पाँच पाँच जनाको समुहले विभिन्न राउन्डमा सोधिएका प्रश्नहरुको उतर दिएका थिए ।

यस्ता कार्यक्रमले बिद्यालय स्तरमा बिद्यार्थीहरुको जनचेतनास्तर वृद्धि गर्न र जागरुकता फैलाउन मदत पुग्ने परियोजनाका सन्चार अधिकृत नीति प्रधानले बताइन । उनले बिद्यार्थीहरुलाई स्कुल तहमै फोहोरमैला ब्यबस्थापन, जलवायु परिवर्तन र पर्यावरण संरक्षणका लागि महत्वपूर्ण कोशेढुगांसाबित हुने बिश्वास ब्यक्त गरिन ।

सहभागी बिद्यार्थीहरुलाई प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन, पर्यावरण र जलवायु परिवर्तन सम्बन्धित पाँच राउन्डमा प्रश्नहरु सोधिएको थियो ।

ईयूको सहयोगमा ग्रिनसिफ्ट परियोजना चार बर्ष समायवधिका लागि बागमती, मधेश र लुम्बिनी गरी तीन प्रदेशको विभिन्न नौ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरमैला ब्यबस्थापन र चक्रीय अर्थतन्त्र प्रबद्र्धन गर्नका लागी विभिन्न क्रियाकलाप सन्चालन गरीरहेको छ। क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रुपमा रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]