०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

बसही पुल यथाशिघ्र बनाउन माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, साउन ०३, २०८१

जनकपुरधाम । दुर्घटनामा दर्जनौले ज्यान गुमाइ सकेको जनकपुर ढल्केवर सडक खण्डको बसही पुल यथाशिघ्र निर्माण गर्न माग गर्दै जनमत पार्टी मिथिला नगरपालिकाको नगर कार्य समितिले मधेश प्रदेशका मुख्यमन्त्रीलाई शुक्रवार ध्यानाकर्षण पत्र बुझाएको छ ।

मिथिला नगरपालिका वडा नं. २ र ६ को सिमानामा पर्ने बसही खोलाको सो पुलमा सवारी दुर्घटनामा परि दर्जर्नौ व्यक्तिको ज्यान गईसकेकोले अधुरा पुल यथाशिघ्र निर्माण गर्न माग गर्दै जनमत पार्टीको मिथिला नगर कार्य समितिले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

पार्टीका नगर कार्य समितिका अध्यक्ष अभिमन्यु प्रसाद महतो र पूर्व अध्यक्ष सरोजकुमार सिंह सहित गएको टोलीले मुख्यमन्त्री सिंहलाई बुझाएको पत्रमा बसही खोलामाथिको पुल निर्माण कार्य किन रोकिएको हो त्यसको छानविन गरी यथाशिघ्र निर्माण कार्यका लागि पहल गरिदिन ध्यानाकर्षण गराएको छ । छ लेनको जनकपुर ढल्केवर सडक खण्ड निर्माण कार्य सकिएपनि बसही खोलामाथिको पुल निर्माण कार्य वर्षौदेखि अलपत्र छ ।

सडक चौडा भएपनि सडक अनुसार नयाँ पुल निर्माण कार्य समयमै नहुँदा पुरानो जिर्ण पुल साँघुरो भएकाले सवारी दुर्घटना प्रायः दिनहुँ भईरहेकाले नागरिकको ज्यान बचाउन भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको जनमतका पूर्व नगर अध्यक्ष सिंहले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]