१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

स्वचालित प्रविधिबाट ड्राइभिङ टेस्ट सञ्चालन गर्ने श्रम तथा यातायात मन्त्रीको पहिलो निर्णय

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन ०३, २०८१

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय यादवले प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवनस्थित श्रम तथा यातायात मन्त्रालयमा पुगी कार्यभार ग्रहण गरेका छन् ।

कार्यभार सम्हालेलगत्तै मन्त्री यादवले अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक सञ्चालन गर्ने पहिलो निर्णय गरेका छन् ।

मधेश प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा म्यानुअल तबरबाट चालक प्रमाणपत्रका लागि परीक्षा हुने गरेका बेला कम्प्युटर इन्टेलिजेन्स प्रणालीमा आधारित स्वचालित मेसिनबाट परीक्षा हुने व्यवस्थालाई अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक भनिन्छ ।

मन्त्रालयका उपसचिव रञ्जित यादवका अनुसार चालक प्रमाणपत्रका लागि नाङ्गो आँखाले परीक्षण भइरहँदा त्रुटि हुने सम्भावना र रकमको चलखेल सम्भावनालाई अनुमानयोग्य, विश्वसनीय कम्युटरकृत इन्टेलिजेन्सका आधारमा स्वचालित प्रविधिको उपयोगले समाप्त गर्ने बताए ।

सो प्रविधिका आधारमा चालक प्रमाणपत्र परीक्षा सञ्चालन गर्न प्रदेश सरकारले चालू आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरेको छ ।

मन्त्री यादवले गरेका निर्णयअनुसार महोत्तरीको बर्दिवास वा सिरहाको लहानमा यसै वर्षबाट सो प्रविधि सञ्चालनमा ल्याइनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]