२३ पुष २०८२, बिहिबार
08-01-2026 , Thu
×

स्वचालित प्रविधिबाट ड्राइभिङ टेस्ट सञ्चालन गर्ने श्रम तथा यातायात मन्त्रीको पहिलो निर्णय

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन ०३, २०८१

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय यादवले प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवनस्थित श्रम तथा यातायात मन्त्रालयमा पुगी कार्यभार ग्रहण गरेका छन् ।

कार्यभार सम्हालेलगत्तै मन्त्री यादवले अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक सञ्चालन गर्ने पहिलो निर्णय गरेका छन् ।

मधेश प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा म्यानुअल तबरबाट चालक प्रमाणपत्रका लागि परीक्षा हुने गरेका बेला कम्प्युटर इन्टेलिजेन्स प्रणालीमा आधारित स्वचालित मेसिनबाट परीक्षा हुने व्यवस्थालाई अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक भनिन्छ ।

मन्त्रालयका उपसचिव रञ्जित यादवका अनुसार चालक प्रमाणपत्रका लागि नाङ्गो आँखाले परीक्षण भइरहँदा त्रुटि हुने सम्भावना र रकमको चलखेल सम्भावनालाई अनुमानयोग्य, विश्वसनीय कम्युटरकृत इन्टेलिजेन्सका आधारमा स्वचालित प्रविधिको उपयोगले समाप्त गर्ने बताए ।

सो प्रविधिका आधारमा चालक प्रमाणपत्र परीक्षा सञ्चालन गर्न प्रदेश सरकारले चालू आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरेको छ ।

मन्त्री यादवले गरेका निर्णयअनुसार महोत्तरीको बर्दिवास वा सिरहाको लहानमा यसै वर्षबाट सो प्रविधि सञ्चालनमा ल्याइनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]