१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

कोशीमा एक वर्षमा नौ हजारबढी मुद्दा दर्ता

Logo
न्यूजमधेश प्रकाशित बुधबार, साउन ०८, २०८१

झापा, ९ साउन । कोशी प्रदेशमा गत आर्थिक वर्षमा विभिन्न अपराधका नौ हजार तीन सय ८७ मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सबैभन्दा बढी एक हजार पाँच सय ७४ सामाजिक अपराधका मुद्दा दर्ता भएका छन् ।

कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले गत आवमा आत्महत्याका एक हजार पाँच सय ५४, लागुऔषधका एक हजार २९, बैंङ्किङ कसुरका एक हजार चार, चोरी तथा डकैतीका सात सय ५३, जबरर्जस्ती करणीका पाँच सय १७, ठगीका दुई सय ८५ र कत्र्तव्य ज्यानका एक सय १६ वटा मुद्दा दर्ता भएका जानकारी दिनुभयो ।

उहाँका अनुसार जबरर्जस्ती करणी उद्योगमा एक सय १३, कीर्तेसम्बन्धी ४४, साइबर अपराधका २४, मानव बेचबिखन ११ र अन्य दुई हजार तीन सय ५३ मुद्दा दर्ता भएका छन् ।

प्रहरीले एक वर्षको अवधिमा दुई हजार तीन सय ८५ जना फरार अपराधी पक्राउ गरी रु ८६ करोड ४८ लाख २९ हजार चार सय २९ राजस्व सङ्कलन गरेको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

सोही अवधिमा प्रहरीले १४ वटै जिल्लाबाट १० हजार चार सय २० किलो गाजा बरामद गरेको जनाएको छ । साथै पाँच हजार दुई सय १० रोपनी लगाइएको गाँजाखेती नष्ट गरिएको छ ।

तीन केजी आठ सय ८० ग्राम ब्राउन सुगर, ८६ ग्राम चरेस, विभिन्न मनोद्वीपक चक्की ७८ हजार तीन सय ३८ वटा, मनोद्वीपक सुई सात हजार तीन सय ८७ एम्पुल र मनोद्वीपक पदार्थ दुई सय २६ बोतल बरामद गरी नष्ट गरिएको प्रवक्ता दाहालले बताउनुभयो ।

प्रहरीले गत आर्थिक वर्षमा भन्सार चोरी तस्करी सामान नियन्त्रण गरी रु १२ करोड, ३८ लाख ११ हजार दुई सय १६, प्राकृतिक सम्पदा नदीजन्य पदार्थ दोहन नियन्त्रणबाट रु ४४ लाख १९ हजार एक सय ३५ र अवैध वन पैदावर नियन्त्रणमार्फत रु ८० लाख ९७ हजार एक सय ६५ राजस्व सङ्कलन गरेको जनाएको छ ।

प्रवक्ता दाहालका अनुसार जरिवाना तथा राजस्व सङ्कलन गरी कोशी प्रदेश प्रहरीले एक वर्षमा रु एक अर्ब १८ करोड ५७ लाख दुई सय ५१ राजस्व सरकारको कोषमा जम्मा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]