१३ माघ २०८२, मंगलबार
27-01-2026 , Tue
×

कोशीमा एक वर्षमा नौ हजारबढी मुद्दा दर्ता

Logo
न्यूजमधेश प्रकाशित बुधबार, साउन ०८, २०८१

झापा, ९ साउन । कोशी प्रदेशमा गत आर्थिक वर्षमा विभिन्न अपराधका नौ हजार तीन सय ८७ मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सबैभन्दा बढी एक हजार पाँच सय ७४ सामाजिक अपराधका मुद्दा दर्ता भएका छन् ।

कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले गत आवमा आत्महत्याका एक हजार पाँच सय ५४, लागुऔषधका एक हजार २९, बैंङ्किङ कसुरका एक हजार चार, चोरी तथा डकैतीका सात सय ५३, जबरर्जस्ती करणीका पाँच सय १७, ठगीका दुई सय ८५ र कत्र्तव्य ज्यानका एक सय १६ वटा मुद्दा दर्ता भएका जानकारी दिनुभयो ।

उहाँका अनुसार जबरर्जस्ती करणी उद्योगमा एक सय १३, कीर्तेसम्बन्धी ४४, साइबर अपराधका २४, मानव बेचबिखन ११ र अन्य दुई हजार तीन सय ५३ मुद्दा दर्ता भएका छन् ।

प्रहरीले एक वर्षको अवधिमा दुई हजार तीन सय ८५ जना फरार अपराधी पक्राउ गरी रु ८६ करोड ४८ लाख २९ हजार चार सय २९ राजस्व सङ्कलन गरेको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

सोही अवधिमा प्रहरीले १४ वटै जिल्लाबाट १० हजार चार सय २० किलो गाजा बरामद गरेको जनाएको छ । साथै पाँच हजार दुई सय १० रोपनी लगाइएको गाँजाखेती नष्ट गरिएको छ ।

तीन केजी आठ सय ८० ग्राम ब्राउन सुगर, ८६ ग्राम चरेस, विभिन्न मनोद्वीपक चक्की ७८ हजार तीन सय ३८ वटा, मनोद्वीपक सुई सात हजार तीन सय ८७ एम्पुल र मनोद्वीपक पदार्थ दुई सय २६ बोतल बरामद गरी नष्ट गरिएको प्रवक्ता दाहालले बताउनुभयो ।

प्रहरीले गत आर्थिक वर्षमा भन्सार चोरी तस्करी सामान नियन्त्रण गरी रु १२ करोड, ३८ लाख ११ हजार दुई सय १६, प्राकृतिक सम्पदा नदीजन्य पदार्थ दोहन नियन्त्रणबाट रु ४४ लाख १९ हजार एक सय ३५ र अवैध वन पैदावर नियन्त्रणमार्फत रु ८० लाख ९७ हजार एक सय ६५ राजस्व सङ्कलन गरेको जनाएको छ ।

प्रवक्ता दाहालका अनुसार जरिवाना तथा राजस्व सङ्कलन गरी कोशी प्रदेश प्रहरीले एक वर्षमा रु एक अर्ब १८ करोड ५७ लाख दुई सय ५१ राजस्व सरकारको कोषमा जम्मा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]