२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

मधेसका मुख्यमन्त्री सिंहद्वारा बगर जमिनको स्थलगत निरीक्षण

Logo
न्यूज मधेश प्रकाशित बुधबार, साउन ०८, २०८१

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बुधबार ७ हजार बिघा बगर जमिनको स्थलगत निरीक्षण गरेका छन् ।

धनुषाको कमला नगरपालिकामा रहेको ६/७ हजार बिघा बगर जमिनको मुख्यमन्त्री सिंहले स्थलगत निरीक्षण गरेका हुन् ।

बगर खेती योग्य जमिनमा प्रदेश सरकारबाट कृषि उत्पादन गर्ने उद्देश्यले मुख्यमन्त्री सिंह नेतृत्वको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

निरीक्षणपछि मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकारले बगर खेती योग्य जमिनको सदुपयोग गर्ने घोषणा गरेका छन् ।

जम्बो टोली लिएर निरीक्षण गरेका मुख्यमन्त्री सिंहले स्थानीयसँग गरेको अन्तरक्रियामा आफ्नो नेतृत्वको सरकारले कमला नगरपालिकामा रहेको बगर खेती योग्य जमिनमा द्रुत गतिमा काम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

उनले भने, ‘यो जमिनमा के कस्ता खेती गर्न सकिन्छ, त्यसको डीपीआर तयार गर्छांै । त्यहीकारणले सबै क्षेत्रका विज्ञ लिएर पनि आएका हौं । डीपीआर तयार भइसकेपछि मल्टी उद्देश्यले कामको थालनी हुनेछ । तर यो चाँडै सुरु हुनेछ ।’

सबै सरकारले कमलाको बगर खेतीमा काम गर्ने आश्वासन दिए पनि आफ्नो नेतृत्वको सरकारले त्यसलाई परिणाम आउने गरी काम गरेर देखाउने उनले आश्वासन दिए ।

सरकारले लगानी गर्नका लागि नै निरीक्षण गरेको मुख्यमन्त्री सिंहको भनाइ छ । प्रदेश सरकारले बगर खेती योग्य जमिनमा कृषिलाई लक्षित गरेर कामको सुरुवात गर्ने योजना बनाएको छ ।

मुख्यमन्त्री सिंहले बुधबार गरेको बगर खेती योग्य जमिनको अवलोकन पश्चात् पूरै योजना तयार गरिएको स्थानीयलाई सुनाए । उनले कमलाको बगरमा ताल बनाउन, माछा पालन, बाख्रा पालन,भैँसी पालन, केरा खेती जस्ता मल्टी प्रपजका लागि खेती गरिने बताएका छन् । ताल बनाइयो भने वाटर लेभल पनि बढ्ने भएकाले बगर खेती योग्य जमिनको सदुपयोग गर्न अपरिहार्य भएको उनको ठहर छ ।

त्यसका लागि स्थानीय पालिकादेखि सबै सम्बन्धित संस्थाहरूले सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । सबैको समन्वयमा काम भयो भने उपल्बधीमूलक हुने उनको तर्क छ । स्थलगत निरीक्षणमा कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीसहित सबै क्षेत्रका विज्ञहरूको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]