१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

सौर्य जहाज दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री सिंहद्वारा दुःख व्यक्त

Logo
न्यूजमधेश प्रकाशित बुधबार, साउन ०८, २०८१

जनकपुरधाम,९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आज विहान करिब सवा ११ बजे त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको जहान दुर्घटना भएको हो । दुर्घटनामा क्यापटेनबाहेक सबै १८ जनाको निधन भएको छ । क्याप्टेन मनिष शाक्य घाईते छन् ।

घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री सिंहले दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

जहाज दुर्घटनाको छानविन गर्न ५ सदस्यीय समिति समेत सरकारले बनाएको छ । मुख्यमन्त्री सिंहले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिनतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]