२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जनमतका अध्यक्ष डा.राउतलाई जनकपुरधाममा भव्य स्वागत,सचिवालय बैठक बस्दै

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन १०, २०८१

जनकपुरधाम ,११ साउन। जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पार्टीको केन्द्रीय सचिवालय बैठकका लागि शुक्रबार जनकपुरधाम पुगेका छन् ।

अध्यक्ष राउतलाई जनकपुर विमानस्थलमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँलगायत पार्टीका नेताकार्यर्ताहरूले भव्य स्वागत गरेका छन् ।

पार्टी केन्द्रीय सचिवालयको दुईदिने बैठक शुक्रबारबाट जनकपुरधाममा सुरु हुँदैछ । बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको कार्यदिशा, मधेश प्रदेश सरकारका कामकाज कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय आदिका विषयमा छलफल हुने पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले बताए।

जनमतको केन्द्रीय सचिवालय १७ सदस्यीय छ । पार्टी प्रवक्ता डा.शरद यादवका अनुसार सचिवालय बैठक सकिएको भोलिपल्ट मुख्यमन्त्री, मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्यसहितको बृहत् बैठक बस्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]