२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

जनमत पार्टी केन्द्रीय सचिवालय बैठक जनकपुरधाममा सुरु

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन १०, २०८१

जनकपुरधाम,११ साउन ।जनमत पार्टी केन्द्रिय सचिवालयको बैठक जनकपुरधाममा सुरु भएको छ।

शुक्रबार जनकपुरधाममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको अध्यक्षतामा पार्टी केन्द्रीय सचिवालयको दुईदिने बैठक शुक्रबारबाट जनकपुरधाममा सुरु भएको हो ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको कार्यदिशा, मधेश प्रदेश सरकारका कामकाज कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय लगाइएको विषयमा छलफल हुने पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले बताए।

जनमतको केन्द्रीय सचिवालय १७ सदस्यीय छ । पार्टी प्रवक्ता डा.शरद यादवका अनुसार सचिवालय बैठक सकिएको भोलिपल्ट मुख्यमन्त्री, मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्यसहितको बृहत् बैठक बस्ने उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]