०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

पोषण पुन:स्थापना केन्द्र भवन मुख्यमन्त्री सिंहद्वारा उद्घाटन

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन १०, २०८१

जनकपुरधाम,११ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पोषण पुन:स्थापना केन्द्र भवनको उद्घाटन गरेका छन् ।

शुक्रबार एक समारोहबीच प्रादेशिक अस्पताल जनकपुरधामको प्राङ्गणमा अवस्थित पोषण पुन:स्थापना केन्द्रको दुईकोठे भवनको संयुक्त रुपमा उद्घाटन मुख्यमन्त्री सिंह तथा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले गरेका हुन् ।

वर्ल्ड भिजन इन्टरनेशनलको साझेदारीमा एकीकृत ग्रामीण समाज विकास बर्दिवासद्वारा एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको पोषण पुनःस्थापना केन्द्रको दुई कोठे भवन कक्षको उद्घाटनको क्रममा मुख्यमन्त्री सिंहले अस्पतालको प्राङ्गणमा पोषण भवन निर्माणले मधेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउने बताए ।

उनले कुपोषित बालबालिकाहरुको उपचारका लागि निर्माण गरिएको प्रति दाता संस्थाप्रति आभार व्यक्त गरे ।

यस्तै, वर्ल्ड भिजन इन्टरनेशनलका प्रतिनिधि अनुप राणाले बालबालिकाको पोषणको क्षेत्रमा काम गर्ने उदेश्य राखेको संस्थाले मधेशका विभिन्न जिल्लामा काम गरिरहेको बताए ।

उनले कुपोषित बालबालिकाको उपचारमा कुनै किसिमको वाधा नहोस् भन्ने अभिप्रायका साथ उक्त भवन निर्माण गरिएको बताउदै प्रत्येक बालबालिकाको पोषणसम्बन्धी अधिकार सुनिश्चित गराउनु नै संस्थाको उद्देश्य रहेको उल्लेख गरे ।

सो भवन १९ लाख ५९ हजार ९ सय ५९ रुपियाँको लागतमा निर्माण गरिएको भवनमा उपचार गर्न आउने बालाबालिकालाई वर्ल्ड भिजनले खेलकुद सामग्रीसमेत उपलब्ध गराउने गरेको छ । पोषण भवन उद्घाटन कार्यक्रममा मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति डा. अङ्कुर साह, रजिस्ट्रार डा. विनोद यादव लगायतको उपस्तिथि थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]