३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

योजना संचालनमा ढिलाई नगर्न मुख्यमन्त्री सिंहको निर्देशन

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन १०, २०८१

जनकपुरधाम ,११ साउन ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकार सञ्चालन भइरहँदा विगतमा भएका त्रुटि तथा कमीकमजोरीबाट पाठ सिकेर अघि बढनुपर्नेमा जोड दिएका छन् ।

मधेशका शिक्षा तथा सँस्कृति मन्त्रालयले शुक्रबार आयोजना गरेको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

चालु आर्थिक वर्षमा समयमै अख्तियारी पठाइएकाले योजना सञ्चालनमा ढिलाइ नगर्न मुख्यमन्त्री सिँहले मन्त्रालयका सचिवसहितका कर्मचारीहरूलाई निर्देशन दिए ।

‘तपाईहरू काम गर्नुहोस्,’ उनले भने, ‘कामका लागि वातावरण बनाउने जिम्मा मेरो छ ।’

तर, काममा ढिलासुस्ती सह्य नहुने प्रस्ट्याउँदै मुख्यमन्त्री सिंहले मधेश प्रदेशलाई विकासको मार्गमा अघि बढाउने जिम्मेवारी कर्मचारीमा रहेकाले दत्तचित्त भई नतिजामुखी कार्य गर्नुपर्ने बताए ।

आर्थिक वर्ष सम्पन्न भएको तीन सातापछि मातहतका कार्यालयसहित मन्त्रालयले शुक्रबार प्रगति विवरण प्रस्तुत गर्नुका साथै समीक्षा समेत गरेको छ ।

यस मन्त्रालयभन्दा अगाडि वन तथा वातावरण मन्त्रालयले आफ्ना मातहतका कार्यालयले गत आर्थिक वर्षको प्रगतिको सार्वजनिक समीक्षाका लागि बैठक गरिसकेको छ ।

शिक्षा तथा सँस्कृति मन्त्रालयले गत आर्थिक वर्षमा ५१ प्रतिशत बजेट खर्च गरेको छ ।

कार्यक्रममा शिक्षा तथा सँस्कृति मन्त्री रानीकुमारी तिवारीले कर्मचारी र मन्त्रीबीचको सम्बन्ध सुमधुर नभएसम्म कार्यप्रगति उत्साहजनक हुन नसक्ने बताइन् । प्रदेशमा विकास कार्यलाई गति दिनका लागि मन्त्री तथा कर्मचारीबीच समन्वय गरेर बढ्नुको विकल्प नरहेको उनले उल्लेख गरिन् ।

शिक्षा तथा सँस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोको अध्यक्षतामा भएको वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री तिवारीले आफूले सुखसुविधाभन्दा कामलाई प्राथमिकता दिएकाले आफ्नो जिम्मेवारी बुझेर कार्य सम्पादनमा लाग्नका लागि कर्मचारीहरूलाई निर्देशन दिइन् ।

‘तपाईहरू कार्य अगाडि बढाउनुस्,’ उनले भनिन्, ‘बाधा अवरोध फुकाउने जिम्मा मेरो छ ।’

काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने भन्दै मन्त्री तिवारीले आफू सुखसुविधाका लागि नभएर काम गर्न आएकाले कामप्रतिको बेवास्ता नगर्न पनि कर्मचारीहरूलाई निर्देशन दिइन् ।

शाखा अधिकृत दिलिप मुखियाले सञ्चालन गरेको गोष्ठीमा शिक्षा तथा सँस्कृति मन्त्रालयका शाखा अधिकृत लक्ष्मण राम, शिक्षा विकास निर्देशनालयका किशोरी कापर, शिक्षा तालिम केन्द्रका प्रमुख ठूलोबाबु दाहाल, मधेश विश्वविद्यालयका रजिस्ट्रार विजय यादव, मधेश प्रज्ञा प्रतिष्ठानका मेनुका झा, शिक्षा विकास इकाई सप्तरीका प्रमुख रामह्दय यादव, धनुषाका इन्जिनियर लक्ष्मण राउत, सर्लाहीका प्रमुख समर्तलाल साह, बाराका प्रमुख शिवशंकर प्रसाद चौधरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का लेखा अधिकृत मोहनप्रसाद लामिछानेले आआफ्ना कार्यालयका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

शिक्षा विकास निर्देशनालयले सुरक्षा कारण देखाउँदै चालु र पूँजीगत गरी मात्र ४३ प्रतिशत बजेट खर्च गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]