२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

योजना संचालनमा ढिलाई नगर्न मुख्यमन्त्री सिंहको निर्देशन

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन १०, २०८१

जनकपुरधाम ,११ साउन ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकार सञ्चालन भइरहँदा विगतमा भएका त्रुटि तथा कमीकमजोरीबाट पाठ सिकेर अघि बढनुपर्नेमा जोड दिएका छन् ।

मधेशका शिक्षा तथा सँस्कृति मन्त्रालयले शुक्रबार आयोजना गरेको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

चालु आर्थिक वर्षमा समयमै अख्तियारी पठाइएकाले योजना सञ्चालनमा ढिलाइ नगर्न मुख्यमन्त्री सिँहले मन्त्रालयका सचिवसहितका कर्मचारीहरूलाई निर्देशन दिए ।

‘तपाईहरू काम गर्नुहोस्,’ उनले भने, ‘कामका लागि वातावरण बनाउने जिम्मा मेरो छ ।’

तर, काममा ढिलासुस्ती सह्य नहुने प्रस्ट्याउँदै मुख्यमन्त्री सिंहले मधेश प्रदेशलाई विकासको मार्गमा अघि बढाउने जिम्मेवारी कर्मचारीमा रहेकाले दत्तचित्त भई नतिजामुखी कार्य गर्नुपर्ने बताए ।

आर्थिक वर्ष सम्पन्न भएको तीन सातापछि मातहतका कार्यालयसहित मन्त्रालयले शुक्रबार प्रगति विवरण प्रस्तुत गर्नुका साथै समीक्षा समेत गरेको छ ।

यस मन्त्रालयभन्दा अगाडि वन तथा वातावरण मन्त्रालयले आफ्ना मातहतका कार्यालयले गत आर्थिक वर्षको प्रगतिको सार्वजनिक समीक्षाका लागि बैठक गरिसकेको छ ।

शिक्षा तथा सँस्कृति मन्त्रालयले गत आर्थिक वर्षमा ५१ प्रतिशत बजेट खर्च गरेको छ ।

कार्यक्रममा शिक्षा तथा सँस्कृति मन्त्री रानीकुमारी तिवारीले कर्मचारी र मन्त्रीबीचको सम्बन्ध सुमधुर नभएसम्म कार्यप्रगति उत्साहजनक हुन नसक्ने बताइन् । प्रदेशमा विकास कार्यलाई गति दिनका लागि मन्त्री तथा कर्मचारीबीच समन्वय गरेर बढ्नुको विकल्प नरहेको उनले उल्लेख गरिन् ।

शिक्षा तथा सँस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोको अध्यक्षतामा भएको वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री तिवारीले आफूले सुखसुविधाभन्दा कामलाई प्राथमिकता दिएकाले आफ्नो जिम्मेवारी बुझेर कार्य सम्पादनमा लाग्नका लागि कर्मचारीहरूलाई निर्देशन दिइन् ।

‘तपाईहरू कार्य अगाडि बढाउनुस्,’ उनले भनिन्, ‘बाधा अवरोध फुकाउने जिम्मा मेरो छ ।’

काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने भन्दै मन्त्री तिवारीले आफू सुखसुविधाका लागि नभएर काम गर्न आएकाले कामप्रतिको बेवास्ता नगर्न पनि कर्मचारीहरूलाई निर्देशन दिइन् ।

शाखा अधिकृत दिलिप मुखियाले सञ्चालन गरेको गोष्ठीमा शिक्षा तथा सँस्कृति मन्त्रालयका शाखा अधिकृत लक्ष्मण राम, शिक्षा विकास निर्देशनालयका किशोरी कापर, शिक्षा तालिम केन्द्रका प्रमुख ठूलोबाबु दाहाल, मधेश विश्वविद्यालयका रजिस्ट्रार विजय यादव, मधेश प्रज्ञा प्रतिष्ठानका मेनुका झा, शिक्षा विकास इकाई सप्तरीका प्रमुख रामह्दय यादव, धनुषाका इन्जिनियर लक्ष्मण राउत, सर्लाहीका प्रमुख समर्तलाल साह, बाराका प्रमुख शिवशंकर प्रसाद चौधरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का लेखा अधिकृत मोहनप्रसाद लामिछानेले आआफ्ना कार्यालयका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

शिक्षा विकास निर्देशनालयले सुरक्षा कारण देखाउँदै चालु र पूँजीगत गरी मात्र ४३ प्रतिशत बजेट खर्च गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]