१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

कुपोषणमुक्त प्रदेश बनाउन सरकारले हरेक किसिमको सहयोग गर्ने : मुख्यमन्त्री सिंह

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन ११, २०८१

जनकपुरधाम,१२ साउन ।मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुपोषणमुक्त प्रदेश बनाउन मधेश सरकारले हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए।

शुक्रवार वर्ल्ड भिजन नेपालले जनकपुरमा आयोजना गरेको कुपोषणमुक्त मधेश प्रदेशको लागि ‘इनफ’ अभियानको मुख्यमन्त्री सिंहले एक नवजात शिशुलाई पोषिलो खानेकुरा चम्चाले खुवाउँदै अभियानको शुभारम्भ गरेका थिए।

उनले मधेश प्रदेशमा अन्नको पर्याप्त र विविधता रहेपनि बालबालिकाको कुपोषण देखिनु चिन्ताजनक रहेको बताए । ‘बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन हामी कहाँ चुक्यौँ ? यो चिन्ताको विषय हो,’ मुख्यमन्त्री सिंहले भने,‘कुन बेला के खाने, कति खाने र कसरी खाने यो बुझ्नु पनि जरुरी छ ।’ सिंहले मधेश प्रदेशलाई कुपोषणमुक्त बनाउन प्रदेश सरकारले हरेक किसिमको सहयोग गर्न तयार रहेको पनि बताए ।

मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले सानै उमेरमा विवाह हुँदा मधेशमा बालबालिका मात्र होइन, विवाहित महिलामा पनि पोषणयुक्त खानेकुरा नपुगेको देखिएको बताइन् ।

‘मधेशमा जन्मिने धेरैजसो बालबालिकाको तौल जन्मिँदै कम हुन्छ । शारीरिक अवस्था कमजोर देखिन्छ,’ मन्त्री तिवारीले भनिन्, ‘त्यो भन्दा डरलाग्दो के छ भने आमाको स्वास्थ्य अवस्था पनि कमजोर नै देखिन्छ । खानेकुरा मधेशमा पर्याप्त रहे पनि हाम्रो फूड ह्याविट सच्चाउने बेला भएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन सिंह कोइरीले मधेशको स्वास्थ्य र शिक्षाको सूचकांक निकै कमजोर रहेकाले त्यसलाई प्रभावकारी बृद्धि गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले कुपोषित बालबालिकाका लागि पोषणयुक्त खानेकुराका लागि प्रदेश सरकारले अभियान नै सञ्चालन गर्ने जानकारी दिए ।

युवा तथा समाज कल्याणमन्त्री प्रमोद जसलवालले मानव सूचकांकका हरेक इन्डिकेटरमा कमजोर मापन गरिएको मधेश प्रदेशमा बालबालिकाको हरेक समस्या सुल्याउन अभियान नै थाल्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]