१४ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
×

कुपोषणमुक्त प्रदेश बनाउन सरकारले हरेक किसिमको सहयोग गर्ने : मुख्यमन्त्री सिंह

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन ११, २०८१

जनकपुरधाम,१२ साउन ।मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुपोषणमुक्त प्रदेश बनाउन मधेश सरकारले हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए।

शुक्रवार वर्ल्ड भिजन नेपालले जनकपुरमा आयोजना गरेको कुपोषणमुक्त मधेश प्रदेशको लागि ‘इनफ’ अभियानको मुख्यमन्त्री सिंहले एक नवजात शिशुलाई पोषिलो खानेकुरा चम्चाले खुवाउँदै अभियानको शुभारम्भ गरेका थिए।

उनले मधेश प्रदेशमा अन्नको पर्याप्त र विविधता रहेपनि बालबालिकाको कुपोषण देखिनु चिन्ताजनक रहेको बताए । ‘बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन हामी कहाँ चुक्यौँ ? यो चिन्ताको विषय हो,’ मुख्यमन्त्री सिंहले भने,‘कुन बेला के खाने, कति खाने र कसरी खाने यो बुझ्नु पनि जरुरी छ ।’ सिंहले मधेश प्रदेशलाई कुपोषणमुक्त बनाउन प्रदेश सरकारले हरेक किसिमको सहयोग गर्न तयार रहेको पनि बताए ।

मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले सानै उमेरमा विवाह हुँदा मधेशमा बालबालिका मात्र होइन, विवाहित महिलामा पनि पोषणयुक्त खानेकुरा नपुगेको देखिएको बताइन् ।

‘मधेशमा जन्मिने धेरैजसो बालबालिकाको तौल जन्मिँदै कम हुन्छ । शारीरिक अवस्था कमजोर देखिन्छ,’ मन्त्री तिवारीले भनिन्, ‘त्यो भन्दा डरलाग्दो के छ भने आमाको स्वास्थ्य अवस्था पनि कमजोर नै देखिन्छ । खानेकुरा मधेशमा पर्याप्त रहे पनि हाम्रो फूड ह्याविट सच्चाउने बेला भएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन सिंह कोइरीले मधेशको स्वास्थ्य र शिक्षाको सूचकांक निकै कमजोर रहेकाले त्यसलाई प्रभावकारी बृद्धि गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले कुपोषित बालबालिकाका लागि पोषणयुक्त खानेकुराका लागि प्रदेश सरकारले अभियान नै सञ्चालन गर्ने जानकारी दिए ।

युवा तथा समाज कल्याणमन्त्री प्रमोद जसलवालले मानव सूचकांकका हरेक इन्डिकेटरमा कमजोर मापन गरिएको मधेश प्रदेशमा बालबालिकाको हरेक समस्या सुल्याउन अभियान नै थाल्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]