२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

धनुषामा ३९ वटा गाईवस्तुसहित ३ जना तस्कर पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन १९, २०७६

जनकपुरधाम । भारत तस्करी गर्न लागेको ३९ वटा गाईबच्छाबाच्छी सहित तीनजनालाई सशस्त्र प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ ।

भारत तर्फ तस्करी गर्ने उद्देश्यले धनुषाको विदेह नगरपालिका २ स्थित जागिर टोलबाट बथानमा रहेको ३६ गाई र ३ बाच्छाबाच्छी सहित ३ जनालाई पक्राउ गरेको भन्सार सुरक्षा बेस क्याम्प जनकपुरले जनाएको छ ।

सशस्त्र निरीक्षक प्रकाश भट्ट नेतृत्वको गस्तीले टोलीले गाईबस्तुसहित उनीहरुलाई पक्राउ गरेको हो । तस्करको परिचय प्रहरीले खुलाएको छैन । गाईवस्तुको मूल्य डेढलाख मूल्य रहेको जनाएको छ । तस्करसहित गाई भन्सार कार्यालय जनकपुरलाई बुझाउने तयारी भएको जनाएको छ ।साभार: टुडेपाटि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]