०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

धनुषामा ३९ वटा गाईवस्तुसहित ३ जना तस्कर पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन १९, २०७६

जनकपुरधाम । भारत तस्करी गर्न लागेको ३९ वटा गाईबच्छाबाच्छी सहित तीनजनालाई सशस्त्र प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ ।

भारत तर्फ तस्करी गर्ने उद्देश्यले धनुषाको विदेह नगरपालिका २ स्थित जागिर टोलबाट बथानमा रहेको ३६ गाई र ३ बाच्छाबाच्छी सहित ३ जनालाई पक्राउ गरेको भन्सार सुरक्षा बेस क्याम्प जनकपुरले जनाएको छ ।

सशस्त्र निरीक्षक प्रकाश भट्ट नेतृत्वको गस्तीले टोलीले गाईबस्तुसहित उनीहरुलाई पक्राउ गरेको हो । तस्करको परिचय प्रहरीले खुलाएको छैन । गाईवस्तुको मूल्य डेढलाख मूल्य रहेको जनाएको छ । तस्करसहित गाई भन्सार कार्यालय जनकपुरलाई बुझाउने तयारी भएको जनाएको छ ।साभार: टुडेपाटि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]