२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

सप्तरीका प्रतिष्ठित व्यावसायी रंजित जनमतमा प्रवेश, मुख्यमन्त्री सिंहद्वारा स्वागत

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन ११, २०८१

जनकपुरधाम,१२ साउन । सप्तरीका प्रतिष्ठित व्यावसायी रंजित कुमार दास जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनकपुरधामस्थित जनमत पार्टी केन्द्रिय सचिवालयको कार्यलयमा पुगेर उनले पार्टी प्रवेश गरे ।

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले व्यावसायी दासलाई सदस्यता दिदै खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् । मुख्यमन्त्री सिंहले उनको आगामी राजनीतिक यात्रा सुखद रहोस् भन्ने शुभकामना दिए ।

राजविराजस्थित ओम श्री हनुमान ज्वेलर्सका संचालक रहेका दास राजविराज नगरपालिका ३ का स्थायी बासिन्दा हुन् । उनी नेपाली कांग्रेसका क्रियाशील सदस्य थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]