२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

सप्तरीका प्रतिष्ठित व्यावसायी रंजित जनमतमा प्रवेश, मुख्यमन्त्री सिंहद्वारा स्वागत

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन ११, २०८१

जनकपुरधाम,१२ साउन । सप्तरीका प्रतिष्ठित व्यावसायी रंजित कुमार दास जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनकपुरधामस्थित जनमत पार्टी केन्द्रिय सचिवालयको कार्यलयमा पुगेर उनले पार्टी प्रवेश गरे ।

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले व्यावसायी दासलाई सदस्यता दिदै खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् । मुख्यमन्त्री सिंहले उनको आगामी राजनीतिक यात्रा सुखद रहोस् भन्ने शुभकामना दिए ।

राजविराजस्थित ओम श्री हनुमान ज्वेलर्सका संचालक रहेका दास राजविराज नगरपालिका ३ का स्थायी बासिन्दा हुन् । उनी नेपाली कांग्रेसका क्रियाशील सदस्य थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]