११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

‘व्यवसायीहरुको समस्याप्रति मधेश सरकार गम्भीर’

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन १२, २०८१

जनकपुरधाम ,१२ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्योगी व्यवसायीहरुको समस्याप्रती मधेश सरकार गम्भीर रहेको बताए ।

शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभाको समुद्घाटन गर्दै मुख्यमन्त्री सिंहले आफू व्यवसायीहरुको समस्याप्रति गम्भीर रहेको बताएका छन् ।

मुख्यमन्त्री सिंहले, ‘आफू पनि सप्तरीमा उद्योग वाणिज्य संघको सदस्य रहेकोले व्यवसायीहरुको समस्या बुझेको छु।’ उनले व्यवसायीहरुलाई सीमानाका क्षेत्रबाट सामग्री ल्याउनमा निकै समस्या रहेको बताउँदै मुख्यमन्त्री सिंहले व्यापारीहरुलाई सीमापारबाट सामग्री ल्याउन समस्या भइरहेको, राजस्व वृद्धिले व्यवसायीहरु मर्कामा रहेको, करको समस्या, दक्ष जनशक्तिको अभावसमेत रहेको भने ।

उनले मधेशमा रोजगारको समस्या पनि रहेकाले यस प्रति प्रदेश सरकार गम्भीर रहको बताए । उनले रोजगारीका लागि धनुषा–सिरहा कमला नदी क्षेत्रमा सयौँ विघा जग्गामा खेतीपाती गरी रोजगारीको सिर्जना गरिने योजना रहेको बताए।

उनले मधेशमा रहेको उद्योगहरुमा पनि अधिकांश कामदारका सवालमा बाहिरको नै रहेका बताए । मधेश प्रदेशको व्यापार, व्यवसाय, उद्योग संचालनलगायतका सवालमा पनि विशेषगरी कामदारका रुपमा बाहिरको नै रहने गरेकाले स्थानीय युवालाई रोजगारीको समस्या रहेको बताए ।

उनले व्यवसायी तथा व्यापारीहरुको हकहितका लागि सकारात्मक रहेकाले नीति निर्माण तहमा सरोकारवाललाई सहभागी गराइने प्रतिवद्धता व्यक्त गरे ।

मधेश प्रदेशको विभिन्न भन्सार नाकाबाट व्यवसायलाई सामग्री भित्रियाउन निकै समस्या र चुनौती हुने गरेको समेत उनले स्मरण गरे ।

जउवा संघको अध्यक्ष जितेन्द्र कुमार महासेठको अध्यक्षतामा भएको साधारणसभामा विभिन्न वक्ताले शुभकामना मन्तव्य दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]