२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

लागुपदार्थ दुर्व्यसन र कारोबारमा फस्दै युवा

Logo
न्यूजमधेश प्रकाशित आइतबार, साउन १२, २०८१

महोत्तरी, १३ साउन । जिल्लामा लागुपदार्थको कारोबार र दुव्र्यसनमा धेरैजसो युवापुस्ता फस्ने गरेका छन् । सीमा वारपार हुने लागुपदार्थ कारोबार र दुव्र्यसनमा युवापुस्ताको संलग्नता बढी पाइएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

गत आर्थिक वर्ष २०८०÷८१ मा लागुपदार्थ दुव्र्यसन र ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका ७१ मध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । कूलमध्ये दुईजना महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वर्ष सोही प्रकृतिका ५३ मुद्दा अदालतमा दर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसबारका अनुसार गत आवमा खैरो हेरोइन १८ ग्राम सात सय ९६ मिलीग्राम बरामद गरी अभियुक्तलाई कारबाही प्रक्रिया अघि बढाइएको छ ।

भारतबाट नेपालतर्फ ल्याइएका विभिन्न नामका एम्पुल, टेबलेट, झोल र १५ हजार दुई सय ६४ क्याप्सुल बरामद भएको छ । यसमा सबैभन्दा बढी नाइट्राभेट ट्याब्लेट आठ हजार पाँच सय ९१, डाइजेपाम दुई हजार ४१, प्रोमेथाजाइन एक हजार १६ ट्याब्लेट र बुप्रेनोफिन एम्पुल (सुई) एक हजार दुईवटा बरामद भएको प्रहरीको अभिलेखमा उल्लेख छ । यी लागुऔषधसहित पक्राउ पर्नेमा ६० प्रतिशतभन्दा बढी २० देखि ३० वर्ष उमेर समूहका युवा छन् ।

भारतबाट नेपालतर्फ ल्याएर कारोबार गरिने यी लागुपदार्थमा ट्यालगेसिस, डाइक्लोफेन सोडियम, फेनारगन, एक्सिप्लोन, नाइट्राजेपाम, बुलुस्पास, स्पास्मोप्रोक्सिभिन, नुफिन ट्याब्लेट, क्याप्सुल, एम्पुल (सुई) र झोल प्रहरीले बरामद गरी कारोबारमा संलग्नलाई कारबाही गरेको छ ।

नेपालबाट भारततर्फ लगिने गाँजा गत आवमा १२ क्विन्टल ९६ किलो बरामद गरिएको प्रहरी नायब उपरीक्षक जयसबारले जानकारी दिनुभयो । “भारततर्फ लगिने गाँजाको कारोबारमा संलग्नको उमेर समूह छ्यासमिस छन् तर भारतबाट नेपालतर्फ ल्याइने लागुऔषध कारोबार र दुव्र्यसनमा अधिकांश युवा छन्,” प्रनाउ जयसबारले भन्नुभयो ।

प्रहरीले लागुपदार्थ दुव्र्यसन र कारोबारविरुद्ध निरन्तर सचेतना अभियान सञ्चालन गरेको जनाएको छ । देखासिकीबाट लागुपदार्थ दुव्र्यसनको लत बस्दै गएर पछि तिनै कारोबारमा संलग्न हुने प्रहरीको भनाइ छ । लागुऔषधविरुद्धको अभियानमा विद्यालयका शिक्षक, सामाजिक सङ्घसंस्था र अभिभावकको भूमिका बढ्नुपर्ने प्रहरी अधिकारी बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]