२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ६ सय ३३ बोकाको बलि प्रदान

Logo
प्रकाशित सोमबार, आश्विन २०, २०७६

दिपक कर्ण,जनकपुरधाम।जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यस बर्ष १४ हजार ६ सय ३३ बोकाको बलीप्रदान गरिएको छ ।

आइतबार राति ८ बजेबाट सुरु भएको बलिप्रदानको कार्यक्रम सोमबार बिहान ३ बजेर ३३ मिनेटसम्म चलेको पूजा मूल आयोजक महावीर युवा कमिटीका अध्यक्ष संतोष साहले बताए । गत बर्ष मन्दिरमा १४ हजार ९ सय ९७ बोकाबली प्रदान गरिएको थियो ।

बोकाबलीका लागि यसपाली ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहाको लागि ५ जनाको समूहमा स्वयंसेवक परिचालित थिए । बोकाको लाईन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा ५ जना जनशक्ति खटाइएको थियो । त्यस्तै नवमीका दिन सोमवार बौद्धीमाई मन्दिरमा पनि बलि प्रदान गरिने राम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुरले जानकारी दिएका छन् ।

बर्ष – बलिको संख्या
२०६५ – ११,१३४
२०६६ – १३,७९०
२०६७ – १३,५५२
२०६८ – १२,५६१
२०६९ – १४,७५४
२०७० – १४,७२१
२०७१ – १५,४६१
२०७२ – १३,८०१
२०७३ – १४,६३३
२०७४ – १२,४४७
२०७५ – १४,९९७
२०७६ – १४,६३३

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]