२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

सीके राउत आफैँ भए सक्रिय मधेसमा महत्त्वाकाङ्क्षी योजना कार्यान्वयन गराउन

Logo
रातोपाटी प्रकाशित सोमबार, साउन १३, २०८१

काठमाडौं । मधेस प्रदेश सरकारको नेतृत्वमा जनमत पार्टीले गरिरहेको छ । मधेस सरकारलाई कांग्रेस, एमाले, लोसपाले पनि समर्थन गरेका छन् ।

मधेस सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनमत पार्टीले लोभलाग्दो नयाँ योजना समावेश गरिएको छ ।

नीति तथा कार्यक्रममा ल्याएका कतिपय महत्त्वाकाङ्क्षी योजना बजेटमा पनि समावेश छ । त्यसलाई कार्यान्वयन गराउन जनमत पार्टीका अध्यक्ष डा. सीके राउत आफैँ सक्रिय भएका छन् । उनी मधेस प्रदेशमा सरोकारवालादेखि लिएर सरकारका मन्त्रीहरूसँग नियमित छलफल गरेर त्यसलाई कार्यान्वयनमा लैजाने प्रयासमा छन् ।

बजेट विनियोजन भएका कार्यक्रमहरू तत्कालै सुरु गराउन मुख्यमन्त्री सतिश कुमार सिंहलाई अध्यक्ष राउतले निर्देशन दिइसकेका छन् । अध्यक्ष राउत आफैँ पनि मधेस प्रदेशका विभिन्न ठाउँमा अध्ययन अवलोकन गरिरहेका छन् । कुन योजना कहाँ राख्दा राम्रो हुन्छ भनी उनी मधेस प्रदेशका विभिन्न जिल्लामा पुगिरहेका छन् ।

जनमत पार्टी नेतृत्वको मधेस सरकारले पर्यटकीय पार्क, रोजगारी सेवाका लागि कल सेन्टर, प्रादेशिक स्पेस एण्ड कम्युनिकेशन रिसर्च सेन्टर, मधेस स्टार्ट अप तथा इनोवेशन सेन्टर, कोल्ड रूमसहितको १६ ठाउँमा बजारका लागि डीपीआर, साइन्स पार्क एवं प्लेनेटोरियम स्थापना गर्ने योजना अघि सारेको छ ।

त्यस्तै, माटो पार्क, बाबा साहेब अम्बेडकर पार्क, सहिद राम मनोहर यादव पार्क, हरेक निर्वाचन क्षेत्र एक रोजगारी केन्द्र, राम जानकी बहुउद्देशीय रङ्गशाला, राजविराजमा ओशो आश्रम, जनकपुरमा ओशो ध्यान केन्द्र, राजविराजमा गजेन्द्र नारायण सिंह स्मृति भवन, मधेस ओलम्पिक स्पोर्ट्स केन्द्र स्थापना, मधेस आर्ट स्टूडियो स्थापना, मधेस थिङ्कट्याङ्क स्थापना, कोडिंग आर्मी, खुला शैक्षिक पार्क, सप्तरी र वीरगञ्जमा आईटी पार्कलगायतका महत्त्वाकाङ्क्षी योजना प्रदेश सरकारले अघि सारेको छ ।

त्यस्तै मधेस प्रदेशमा लगानी सम्मेलन गर्ने, मधेस विकास बैंक स्थापना गर्ने, प्रदेशस्तरीय औद्योगिक मेला, प्रदेश राजधानी सौन्दर्यीकरण जस्ता कार्यक्रम पनि अघि बढाएको छ ।

यीमध्ये कुन योजना कहाँ स्थापना गर्ने, कस्तो ठाउँमा गर्ने जस्ता विषयमा अध्यक्ष राउतले अध्ययन थालिसकेका छन् । आइतबारमात्र सप्तरी पुगेर त्यहाँको निर्वाचन क्षेत्र नम्बर १ र २ मा औद्योगिक भवन, आइटी पार्क, साइन्स पार्क एवं प्लानेटेरियम, सहिद राममनोहर पार्क निर्माणका लागि ठाउँको बारेमा उनले अध्ययन/अवलोकन गरेका छन् ।

साउन १२ गते सिरहा जिल्लामा बाबा साहेब अम्बेडकर स्मृति पार्क, फिल्म सिटी, कम्युनिकेशन एण्ड स्पेश सेन्टर सहितका योजनाहरूका लागि जग्गाको खोज तथा निरीक्षण गर्ने कार्य पनि अध्यक्ष राउतले गरेका छन् ।

पार्टीका उपाध्यक्ष ई दीपक साहले बजेटमा समावेश योजना तत्काल कार्यान्वयनका लागि पार्टीबाट निर्देशन भएको बताए । उनले विकास योजना अगाडि बढाउन असारलाई कुर्नु हुँदैन भनेर जतिसक्दो छिटो योजना अगाडि बढाउन निर्देशन भएको जानकारी दिए । उनले यसका लागि पार्टीका अध्यक्ष राउत आफैँ सक्रिय भएको बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं पार्टीका नेता जयकान्त राउत पनि यही अभियानमा सक्रिय भएका छन् । तयार भएको योजनालाई कसरी सफल पार्ने भनेर दिनरात गृहकार्य गरिरहेको बताउँदै उनले यो योजना सफल बनाउनमा कर्मचारीको पूर्ण सहयोग नपाएको गुनासो गरे ।

उनले भने, ‘प्रदेशमा रहेका उच्च तहका कर्मचारी अहिले पनि पुरानै मानसिकतामा काम गरिरहनु भएको छ, यसअघिका सरकारका मुख्यमन्त्री, मन्त्रीहरू जस्तै ठानिरहनु भएको छ । जनमत अलि फरक ढङ्गले काम गर्न खोजेको छ । त्यो कुरा उहाँहरूले बुझ्न सक्नुभएको छैन । हामीले बुझाउने कोसिस गरिरहेका छौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]