१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

बाघ मित्र मधेश अभियानको मुख्यमन्त्री सिंहले गरे उद्घोष

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन १३, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बाघ मित्र मधेश अभियानको उद्घोष गरेका छन् ।

विश्व बाघ दिवशको अवसरमा पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारमा सोमबार आयोजित मानव बाघ सहअस्तित्व र समृद्धि विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् ।

मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा पर्सा राष्ट्रिय निकुन्ज र कोशी टप्पु वन्यजन्तु आरक्षलाई लक्षित गरी काम सुरु गर्ने उल्लेख रहेको बताए ।उनले आफ्नो कार्यकाल जति अवधिको भएपनि पर्यटन क्षेत्रको विकासका लागि सक्दो कार्य गर्ने प्रतिबद्धता समेत जनाए ।

चितवन राष्ट्रिय निकुन्ज र ठोरीसँग जोडिएको पर्सा राष्ट्रिय निकुन्जमा पर्यटन विकासको प्रचुर सम्भावना आफूले देखेको बताउँदै सिंहले यो निकुन्जमा सक्दो बढी पर्यटक भित्र्याउन सरोकारवालाले पनि आफ्नोस्तरबाट प्रयास गर्नुपर्ने बताए ।

पर्सा निकुन्जको प्रवर्द्धनका लागि मधेश प्रदेश सरकारले फास्ट ट्रयाकमा काम गर्ने र यसका लागि आवश्यक ऐन कानुनहरू पनि बनाउने उनले प्रतिबद्धता जनाए ।

निकट भविष्यमै मधेश प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको र उक्त सम्मेलनमा आन्तरिक तथा बाह्य लगानीकर्तालाई निम्त्याएर पर्सा राष्ट्रिय निकुन्जमा पर्यटन क्षेत्रमा लगानी गर्न आफूले उत्प्रेरित गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री सिंहले अभियान सञ्चालन गर्न परियोजना प्रस्ताव गरी पेस गर्न निकुन्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाको संयोजकत्वमा डिभिजन वन कार्यालय पर्सा र बाराका प्रमुखहरूसमेत रहेको ३ सदस्यीय कार्यदल गठन गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]