२३ पुष २०८२, बिहिबार
08-01-2026 , Thu
×

बाघ मित्र मधेश अभियानको मुख्यमन्त्री सिंहले गरे उद्घोष

Logo
न्यूज मधेश प्रकाशित सोमबार, साउन १३, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बाघ मित्र मधेश अभियानको उद्घोष गरेका छन् ।

विश्व बाघ दिवशको अवसरमा पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारमा सोमबार आयोजित मानव बाघ सहअस्तित्व र समृद्धि विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् ।

मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा पर्सा राष्ट्रिय निकुन्ज र कोशी टप्पु वन्यजन्तु आरक्षलाई लक्षित गरी काम सुरु गर्ने उल्लेख रहेको बताए ।उनले आफ्नो कार्यकाल जति अवधिको भएपनि पर्यटन क्षेत्रको विकासका लागि सक्दो कार्य गर्ने प्रतिबद्धता समेत जनाए ।

चितवन राष्ट्रिय निकुन्ज र ठोरीसँग जोडिएको पर्सा राष्ट्रिय निकुन्जमा पर्यटन विकासको प्रचुर सम्भावना आफूले देखेको बताउँदै सिंहले यो निकुन्जमा सक्दो बढी पर्यटक भित्र्याउन सरोकारवालाले पनि आफ्नोस्तरबाट प्रयास गर्नुपर्ने बताए ।

पर्सा निकुन्जको प्रवर्द्धनका लागि मधेश प्रदेश सरकारले फास्ट ट्रयाकमा काम गर्ने र यसका लागि आवश्यक ऐन कानुनहरू पनि बनाउने उनले प्रतिबद्धता जनाए ।

निकट भविष्यमै मधेश प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको र उक्त सम्मेलनमा आन्तरिक तथा बाह्य लगानीकर्तालाई निम्त्याएर पर्सा राष्ट्रिय निकुन्जमा पर्यटन क्षेत्रमा लगानी गर्न आफूले उत्प्रेरित गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री सिंहले अभियान सञ्चालन गर्न परियोजना प्रस्ताव गरी पेस गर्न निकुन्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाको संयोजकत्वमा डिभिजन वन कार्यालय पर्सा र बाराका प्रमुखहरूसमेत रहेको ३ सदस्यीय कार्यदल गठन गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]