०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

विद्यार्थीहरुको समस्या समाधानको लागि नेतृत्वको जिम्मेवारी दिन उम्मेदवार शशिकान्तको आग्रह

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन १४, २०८१

जनकपुरधाम । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विद्यार्थी जनमत संघबाट उम्मेदवारी दिएका सभापतिका उम्मेदवार शशिकान्त मण्डलले कलेजको बेतिथि हटाउन आफुले उम्मेदवारी दिएको बताएको छ ।

यही साउन १७ गते विहिबार हुन गईरहेको राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा विश्वविद्यालय मातहतका कलेजको बेतिथि सुधारको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् ।

उम्मेदवारहरुको भिजनको सन्दर्भमा संचारकर्मीहरुसंग गरेको संक्षिप्त कुराकानीमा डा.सीके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघबाट उनले राजर्षि जनक विश्वविद्यालयको स्वीयू निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दिएका हुन् ।

कानुन विषयका विद्यार्थी समेत रहेका मण्डलले सो विश्वविद्यालय अन्तर्गतका कलेजमा देखिएको विभिन्न सेक्टरको बेतिथिलाई सुधारको लागि कुशल नेतृत्वको आवश्यकता औल्याउँदै आफूलाई जिम्मेवारी दिए बेतिथि चाँडै हटाउने प्रतिवद्धता जाहेर गरे ।

उनले मधेश प्रदेशमा जनमतको सरकार रहेको र पहिलेभन्दा अहिलेको सरकारको नीति, कार्यक्रम, योजनाहरु अन्यभन्दा फरक र जनमुखी रहेको बताउँदै कलेजको स्वीयू निर्वाचनमा पनि आफूहरुको नेतृत्व आए सोही अनुसार कार्य सँचालन हुने बताए । उनले आफ्नो प्यानलको लागि भोँट माग्दै कलेजको विद्यार्थीहरुको समस्या समाधानको लागि नेतृत्वको जिम्मेवारी दिन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]