३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

मधेश सरकारद्वारा इ–गभर्नेन्स कार्यान्वयन गर्ने तयारी

Logo
न्यूज मधेश प्रकाशित बुधबार, साउन १५, २०८१

जनकपुरधाम, १६ साउन ।मधेश प्रदेशका सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन इ–गभर्नेन्स कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ ।

देशभरि इ–गभर्नेन्ससँग जोडिएका असल अभ्यास मधेश प्रदेशमा लागु गर्ने विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार छलफल भएको हो ।

मधेश प्रदेशका सार्वजनिक निकायबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी, सहज र तीव्र बनाउन इ–गभर्नेन्स लागु गरिने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले जानकारी दिए । उनले भने, “पहिले सरकारको तहमा डिजिटलाइजेसन अभ्यास सुरु गरिनेछ अनि क्रमिक रूपमा सेवाग्राहीसँगै सरोकारवाला सबैलाई डिजिटलाइजेसनमा समेटिनेछ ।”

उनले प्रदेश सरकारले इ–गभर्नेन्स लागु गर्दा आफै स्वामित्व लिनेगरी र आफ्नै स्रोतले गर्ने बताए । उपाध्यक्ष साहले इ–गभर्नेन्सको सुरुवात मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यक्रमबाटै सुरु हुने जानकारी दिए ।

उनका अनुसार आरम्भमा मधेश प्रदेशका चारवटा स्थानीय सरकारका साथै सेवाग्राहीको अत्याधिक चाप हुने कार्यालयमा इ–गभर्नेन्स सुरु गरिनेछ । सरकारी कार्यालयसँगै विकास साझेदारका कार्यक्रमलाई पनि इ–गभर्नेन्सभित्र समेट्न सकिए तथ्यांकमा आधारित परिणाम प्रतिबम्बन र सुशासन सुनिश्चित हुने डा.साहको भनाइ छ ।

इ–गभर्नेन्सबाट मधेश प्रदेशका सार्वजनिक सेवा प्रभावकारी, उत्तरदायी, पारदर्शी र त्वरित हुने विश्वास गरिएको छ ।

मधेश प्रदेशमा कार्यरत गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका विषयमा तथ्यांक संकलन भइरहेको र त्यस आधारमा ती संस्थाहरूलाई प्रदेशको आवश्यकताअनुसारका काममा योगदान दिन लगाउने गरी समन्वय गरिने पनि डा.साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]